back
CTIZAN AD

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

वि.सं.२०८३ असार ३२ बिहीवार

234 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ५० अङ्कले बढेर दुई हजार ५९७ दशमलव ८० मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९२ अङ्कले उकालो लागेर चार सय ५६ दशमलव ८६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले बढेर एक सय ७८ दशमलव ५७ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९३ अङ्कले बढेर एक सय ५४ दशमलव ४३ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर रु चार अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ मध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ ।

आज एक सय २० कम्पनीको शेयर बढ्दा १५२ कम्पनीको घटेको छ भने तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । नेप्सेका अनुसार आज एनआइविएल ग्रोथ फण्ड, फष्ट माइक्रो फाइन्नास, चिख्र्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कर्पाेरेट डेभलपमेन्ट बैंक, एनआइसी एसिया फेलेक्सी क्याप फण्ड र भुजुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
–––

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३१ मा प्रकाशित

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...