back
CTIZAN AD

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

वि.सं.२०८३ भदौ १३ शनिवार

shares
नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये शुक्रबार साँझसम्म १५८ जनाको शव नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा फेला परेको छ । जिल्लामा शुक्रबार मात्र थप ४८ वटा शव फेला परेको हो ।
नवलपरासी हुँदै बग्ने नारायणी नदीको विभिन्न स्थानमा आज साँझसम्ममा १५८ वटा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका शवमध्ये १०९ वटा शव मात्र सिङ्गो फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका शवमध्ये ४९ वटा शवको शरीरका विभिन्न टुक्रा भेटिएका उहाँले जानकारी दिए ।
जिल्लामा ३१ महिला, ५१ पुरुष, आठ बालक, ११ बलिकाको शव फेला परेको जनाउँदै सूचना अधिकारी पण्डितले बाँकी शवको ३० खुट्टा, ११ हात, तीन थाइ एवम् एक÷एक वटा कम्मरमाथिको भाग, टाउकाको भाग, पेटको भाग, शरीरको बायाँ भाग र छातीको भाग रहेको जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा १०३, मध्यविन्दु नगरपालिकामा २२, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा १२–१२ वटा तथा देवचुली नगरपालिकामा नौ शव भेटिएको उहाँले बताउनुभयो । नारायणी नदी किनारमा भेटिएक शव विभिन्न अस्पताल तथा वनको भवनमा व्यवस्थापन गरिएको छ ।
नगर अस्पताल गैँडाकोटमा ४८, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ४६, नगर अस्पताल मध्यविन्दुमा ६ तथा अङ्कुर सामुदायिक वनको भवनमा पाँच वटा शवको व्यवस्थापन गरिएको छ । त्यस्तै, गण्डकी अस्पताल पोखरामा ४१, लुम्बिनी मेडिकल कलेज प्रभाास पाल्पामा दुई, प्रदेश अस्पताल पाल्पामा चार तथा मिसन अस्पताल पाल्पामा दुई वटा शव पहिचान तथा व्यवस्थापनका लागि पठाइएको पण्डितले बताउनुभयो । त्यस्तै बाँकी नौ वटा शव नदी किनारमै रहेको जनाउँदै शवलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।
नवलपुरमा भेटिएको शवमध्ये एउटा शव पहिचान गरी आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी  दिए । अर्को एउटा शवको पहिचान गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आफन्तको जिम्मा लगाउन बाँकी रहेको उनको भनाइ छ ।

वि.सं.२०८३ भदौ १३ शनिवार ०७:१७ मा प्रकाशित

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...