back
CTIZAN AD

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

वि.सं.२०८३ असार २३ मंगलवार

1.3K 

shares

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको छ। घरको मूल अभिभावक गुमाएको पीडा शब्दमा व्यक्त गर्न कठिन छ। यस्तो दुःखद घडीमा भरतपुर महानगरपालिका पीडित परिवारको साथमा उभिँदै राहत, रोजगारी र पुनःस्थापनाको महत्वपूर्ण पहल गरेको छ।

धुर्बे हात्तीको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का एक स्थानीयको परिवारलाई भरतपुर महानगरपालिकाले राहत, रोजगारीको सुनिश्चितता तथा आवश्यक सहयोग उपलब्ध गराएको छ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, वडा नं. २३ का अध्यक्ष दीपक दवाडी, अन्य वडाध्यक्षहरू तथा महानगरपालिकाका विभागीय प्रमुखहरूको टोली घटनास्थलमै पुगेर शोकसन्तप्त परिवारसँग भेट गर्दै गहिरो समवेदना व्यक्त गरेको थियो।

घटनाप्रति दुःख व्यक्त गर्दै महानगरपालिकाले पीडित परिवारको पुनःस्थापना र जीविकोपार्जनलाई सहज बनाउन परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गरेको जनाएको छ। साथै करिब ४ लाख रुपैयाँ आर्थिक सहयोग, खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री पनि परिवारलाई हस्तान्तरण गरिएको कार्यवाहक प्रमुख अधिकारीको सचिवालयले जनाएको छ ।

महानगरपालिकाले विपद् र दुःखद घटनाबाट प्रभावित नागरिकको साथमा सधैं रहने प्रतिबद्धता दोहोर्याउँदै आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

वि.सं.२०८३ असार २३ मंगलवार १५:३३ मा प्रकाशित

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक,...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...