back
CTIZAN AD

आफन्तको खबर पाउन परिवारजन आतुर

वि.सं.२०८३ भदौ ११ बिहीवार

12 

shares

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र काम विशेषले त्यसतर्फ गएका हालसम्म ११ व्यक्ति आफन्तको खबर पाउन आतुर भएका हुन् ।

बेपत्ताको यकीन भएपछि परिवारलाई सूचना दिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । “अहिलेसम्म ११ व्यक्ति सम्पर्कविहीन छन्, सबैको अवस्था यकीन गर्न निरन्तर प्रयत्न भइरहेको छ”, प्रजिअ यादवले भने“यसबाहेक जिल्लाका अरु कोही सम्पर्कविहीनको सूचना अहिलेसम्म छैन ।”

सम्पर्कविहीन भएकामा बर्दिवास–३ का सौभाग्य विष्ट, बर्दिवास–९ की जया रानामगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टी–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली छन् । उनीहरुरसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका बुझिएको छ ।

वि.सं.२०८३ भदौ ११ बिहीवार १४:०२ मा प्रकाशित

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक,...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...