back
CTIZAN AD

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

वि.सं.२०८३ भदौ ११ बिहीवार

12 

shares

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, अनावश्यक मूल्यवृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमन गरिएको छ ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको नेतृत्वमा आज धादिङबेँसी बजार क्षेत्रमा अनुगमन गरिएको हो । सडक सम्पर्क अवरुद्ध भएपछि खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउन सक्ने आशङ्कासँगै अनावश्यक सञ्चय र मूल्यवृद्धि हुन नदिन अनुगमनलाई सक्रिय बनाइएको हो ।

अनुगमन समितिले व्यवसायीलाई प्रचलित मूल्यभन्दा बढीमा सामान बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्तालाई सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी खाद्यान्न, ग्यास तथा अन्य दैनिक उपभोग्य वस्तु खरिद गरेर भण्डारण नगर्न अनुरोध गरेको छ । सबै उपभोक्ताले एकैपटक बढी परिमाणमा सामान खरिद गर्दा बजारमा वास्तविक अभाव नभए पनि आपूर्तिमा दबाब पर्न सक्ने भएकाले आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरिदत्त कँडेलले बताए ।

फुर्केखोला पुल बगाएपछि पृथ्वी राजमार्गबाट धादिङबेँसीतर्फ हुने नियमित यातायात तथा मालवाहक सवारी आवागमन प्रभावित भएको छ । सडक सम्पर्क सहज नहुँदासम्म बजारमा अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य र मौज्दातको अवस्थामाथि निगरानी आवश्यक देखिएको उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष शिवराज सापकोटाले बताए ।

वि.सं.२०८३ भदौ ११ बिहीवार १४:३१ मा प्रकाशित

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक,...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...