back
CTIZAN AD

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

वि.सं.२०८३ भदौ ११ बिहीवार

15 

shares

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले विभिन्न ट्राभल एजेन्सी र पर्यटन कम्पनीहरूसँगको समन्वयमा सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म ६४४ जना पर्यटक सम्पर्क बाहिर रहेका छन् । बाढीका कारण सञ्चार सेवा र यातायात प्रभावित भएकाले उद्धार र खोजी कार्यमा कठिनाइ भइरहेको बोर्डले जनाएको छ।

सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा धेरै १७८ जना भारतीय नागरिक रहेका छन् भने नेपाली पर्यटकको संख्या १२७ पुगेको छ । यसैगरी अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक वेपत्ता रहेका छन् । त्यस्तै सिंगापुरका ९, रुस र जर्मनीका ८÷८ जना तथा लात्भिया र दक्षिण अफ्रिकाका ६÷६ जना पर्यटकहरूसँग पनि हालसम्म सम्पर्क हुन सकेको छैन । बोर्डले प्रभावित क्षेत्रमा उद्धार टोलीसँग निरन्तर समन्वय गर्दै खोजी कार्यलाई तीव्रता दिइरहेको छ ।

वि.सं.२०८३ भदौ ११ बिहीवार १३:५३ मा प्रकाशित

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक,...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...