back
CTIZAN AD

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

वि.सं.२०८३ जेठ ७ बिहीवार

522 

shares

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले वर्खाको समयमा सिँचाइको भरपर्दो व्यवस्था तथा मल, बीउको प्रबन्ध, करको दायरा वृद्धि, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलागयत विषयमा सरकारको ध्यानाकृष्ट गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले जल तथा मौसम विज्ञान विभागको सदरदभन्दा कम वर्षा हुने प्रक्षेपणबाट किसानहरु प्रभावित हुने अवस्था आउनसक्ने भन्दै उक्त चुनौती सम्बोधनका लागि योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
“खेतमा पानी कम हुनेछ, धान रोपाइँ ढिला हुनेछ, कुलो सुक्नेछ, तराईमा लु चल्नेछ, वनमा डढेलो लाग्नेछ, जनताको भान्छामा प्रत्यक्ष असर पर्नेछ”, उनले भने, “नेपालको कृषि आकाशे पानीको भरमा चलिरहेको छ, असार÷साउनमा पानी नपरे खेत बाँझै रहनेछ, यसको सिधा असर अर्थतन्त्रमा पर्नेछ, यसतर्फ सरकारको ध्यान जाओस् ।”

नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले करको दर बढाउने मात्रै नभई करको दायरा वृद्धि गरी अर्थतन्त्रलाई फराकिलो बनाउन सुझाव दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन, विकास निर्माणलाई दिगो बनाउन र पर्यटन प्रवद्र्धन गर्न माग गरे ।

रास्वपा सांसद हरि ढकालले जेनजी आन्दोलनका घाइतेको उपचारका लागि कुनै कञ्जुस्याइँ नगर्न सरकारको ध्यानाकर्षण गराए । सीमान्तकृत चेपाङ समुदाय, भूमिहीन किसान तथा सुकुमवासी, श्रमिक, मजदूरका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकृष्ट गर्दै उनले सरकारले जनप्रतिनिधिका अगाडि झुट बोल्न नहुने बताए ।

सोही पार्टीका सांसद उत्तमप्रसाद पौडेलले डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । रास्वपा सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगका श्रमिक र कर्मचारीले १४ महिनादेखि पारिश्रमिक पाउन नसकेको जानकारी गराउँदै सोसम्बन्धी समस्या समाधान गर्न माग गरे ।

रास्वपा सांसद आशिका तामाङले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तथा बाँदर आतङ्क न्यूनीकरण गर्न अदुवा, बेसारलगायत खेती गर्न किसानलाई प्रेरित गर्नुपर्ने बताए । सोही पार्टीका सांसद प्रेमलाल चौधरीले नेपालको चिया भारत निर्यातमा देखिएका समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारलाई सुझाव दिए ।

रास्वपा सांसद रवीन्द्र पटेलले मधेस प्रदेशमा कमिसनको आधारमा विकास बजेट बिक्री हुने गरेको जिकिर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तत्काल अनुसन्धान गर्नुपर्ने बताए ।

रास्वपा सांसद पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेल्वे सुविधाको पहुँचका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उक्त पार्टीका सांसद अमरकान्त चौधरीले कृषिजन्य उत्पादनको बजारीकरण तथा मलबिउको अभावसँग किसान जुधिरहेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:५८ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...