back
CTIZAN AD

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

वि.सं.२०८३ जेठ ७ बिहीवार

375 

shares

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । खानेपानीको चरम अभाव झेलिरहेका मण्डनदेउपुर नगरका घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पु¥याउने प्रक्रिया थालिएको हो ।

लिफ्टिङ प्रविधिको उक्त आयोजनाले हाल विभिन्न ट्याङ्कीमा पानी तानेर परीक्षण कार्य भइरहेको छ । पाँच हजार ५०० परिवारका लागि सञ्चालित आयोजनाले हाल पहिलो ‘स्किम’ अन्तर्गत सोतेस्थित पानीको स्रोतबाट ७ नं वडास्थित रातमाटे डाँडामा निर्माण भएको पानी प्रशोधन केन्द्र (ट्रिडमेन्ट प्लाण्ट) मा पानी तानेर परीक्षण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले बताए ।

उनका अनुसार पहिलोसँगै दोस्रो ‘स्किम’ को नारिमखर्कको पानी १० नं वडास्थित थामडाँडा केन्द्रमा तानेर परीक्षण भइरहेको छ । पानी प्रशोधन पश्चात घरको धारामा पानी पठाइ परीक्षण गरी नियमित गरिने अध्यक्ष लामाले जानकारी दिए ।

करिब पाँच वर्षअघि थालिएको उक्त आयोजनाको हालसम्म ९५ प्रतिशत काम सकिएको लामाले जानकारी दिए । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलीश्रृङ्खला हेरेका काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका पाँच हजार ५०० भन्दा बढी स्थानीयका घरघरमा सोही नदीको पानी पाइपबाट ‘अविरल’ खानेपानीका रूपमा घरघरमा पु¥याइने लक्ष्य लिइएको हो । टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त इन्द्रावती नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको ‘जिन्दगानी’ बन्दै गएको स्थानीय बताउँछन् ।

विसं २०७८ असारमा बृहत खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थाले लगत्तै पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गर्दै सोही वर्षको साउनदेखि निर्माण सुरु गरिएको थियो । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गरिएको जनाइएको छ ।

विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत गरिएको थियो । हाल आयोजनाको भौतिक निर्माण अन्तिम चरणमा तीव्र रूपमा भइरहेको उपभोक्ता समितिका अध्यक्ष लामाले बताए । “सकेसम्म यही जेठभित्रै उपभोक्ताको घरघरमा पानी पु¥याउने लक्ष्य लिएका छौँ”, उनले भने, “आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।”

तीन वर्षमा सक्ने समयसीमा भए पनि ‘लकडाउन’ लगायत प्राकृतिक विपद्का कारण ढिलाइ हुँदा एक वर्ष समय थपिएको लामाले जानकारी दिए । आयोजनाको काम शर्मा–लामा–रमण जेभी नामक निर्माण कम्पनीले गरिरहेको हो । उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार सङ्कलन गरेको छ । मण्डनदेउपुर नगरपालिकासँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड सम्झौता गरिएअनुसार रु ५१ लाख ६६ हजारको सम्झौता भएको थियो ।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । इन्द्रावती नदीको पानी प्रशोधन गरेर ९०० मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालेर घरघरमा वितरण गर्न लागिएको हो । यस आयोजनाअन्तर्गत विभिन्न स्थानमा आवश्यक २० देखि १०० घनमिटरसम्मका ३० वितरण ट्याङ्की, ४० देखि २०० घनमिटरका पम्पिङ गर्ने सात ट्याङ्की निर्माण सम्पन्न गरिएको छ । यस्तै खानेपानी आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ ।

आयोजनाको मुख्य पाइपलाइन ३६ किलोमिटरको छ भने वितरण पाइपलाइन १५४ किलोमिटर छ । घरघरमा धारा जडानको काम पनि अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का पाँच हजार ५०५ घरधुरी लाभान्वित हुनेछन् ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्ने छ । बिनासकारी भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले यो आयोजना सम्पन्न भएसँगै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:३८ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...