back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ जेठ २ शनिवार

3.1K 

shares

स्व. एवाइ प्रभात
सहिदभूमि, धनकुटा

१.
देशको माया छोडेर
विदेशीको दास बने
ऋणको भारी बोकेर ।

२.
बुढेसकालमा सहारा भएन
छु गरिबीको चपेटा
साथमा कोही रहेन ।

३.
सहरको मान्छे हरामी
जसले चेलीबेटीहरू बेच्छ
उसैलाई दिन्छन् सलामी ।

४.
मैले सिलाएको लुगा
लगाएर सधैँ
ताउ लाउँछ जुँगा ।

५.
मुर्ती बनाए मैले
मन्दिर छिर्न पाइएन
हुँला चोखो कैले ?

६.
भ्रष्टको छ सरकार
आवाज सुन्दैन गरिबहरूको
विचित्र छ संसार ।

७.
झिनो आशा मेरो
उजाड हुँदैछ दिनँहु
जिन्दगी सप्रियो तेरो ।

८.
टनकपुर बेचेर खाए
नेताको भर हुँदैन
जनताले सास्ती पाए ।

९.
सधैँ स्वार्थी कुरा
नगर्नू है सबैले
देश बेचेर पूरा ।

१०.
मानव हराएको देशमा
हिंसाको बाटो देख्छ
चमत्कार विदेशी भेषमा ।

वि.सं.२०८३ जेठ २ शनिवार ०४:५२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...