स्व. एवाइ प्रभात
सहिदभूमि, धनकुटा
१.
देशको माया छोडेर
विदेशीको दास बने
ऋणको भारी बोकेर ।
२.
बुढेसकालमा सहारा भएन
छु गरिबीको चपेटा
साथमा कोही रहेन ।
३.
सहरको मान्छे हरामी
जसले चेलीबेटीहरू बेच्छ
उसैलाई दिन्छन् सलामी ।
४.
मैले सिलाएको लुगा
लगाएर सधैँ
ताउ लाउँछ जुँगा ।
५.
मुर्ती बनाए मैले
मन्दिर छिर्न पाइएन
हुँला चोखो कैले ?
६.
भ्रष्टको छ सरकार
आवाज सुन्दैन गरिबहरूको
विचित्र छ संसार ।
७.
झिनो आशा मेरो
उजाड हुँदैछ दिनँहु
जिन्दगी सप्रियो तेरो ।
८.
टनकपुर बेचेर खाए
नेताको भर हुँदैन
जनताले सास्ती पाए ।
९.
सधैँ स्वार्थी कुरा
नगर्नू है सबैले
देश बेचेर पूरा ।
१०.
मानव हराएको देशमा
हिंसाको बाटो देख्छ
चमत्कार विदेशी भेषमा ।
वि.सं.२०८३ जेठ २ शनिवार ०४:५२ मा प्रकाशित






























