back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ २ शनिवार

1.5K 

shares

राजेन्द्रकुमार वज्राचार्य
कोटेश्वर , काठमाडौँ

पीडा भयो मान्दा प्रथा, यस्तै भयो जीवन
हाँसे सबै ठूलाबडा, यस्तै भयो जीवन

राम्रो सधैँ होला कहाँ, जम्मा गरी द्रव्य
आफू स्वयं स्वार्थी हुँदा, यस्तै भयो जीवन

पैसा सधैँ पैसा भनी, खोज्दै हिँडे मान्छे
देख्दा यहाँ सपना मिठा, यस्तै भयो जीवन

मिथ्या तथा साँचो कुरा, छोपेर छोपिन्न
देखाउँदा आफ्नै कला, यस्तै भयो जीवन

पीडा दिने मान्छे कहाँ बन्ला यहाँ ठूलो
सारा गुमे मेरा गरा, यस्तै भयो जीवन

बहर : रजज मुसम्मन अहज
अर्कान : मुस्तफ्इलुन् , मुस्तफ्इलुन् , मुस्तफ्इलुन् , फैलुन्
वजन : २२१२ – २२१२ – २२१२ – २२
काफियाबन्धन : आ
रदिफ : यस्तै भयो जीवन
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ जेठ २ शनिवार ०४:५१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...