back
CTIZAN AD

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

वि.सं.२०८३ वैशाख २६ शनिवार

2.6K 

shares

 

काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र ‘गुरु आमा’ ले तहल्का मच्चाएको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएका तीन चलचित्रमध्ये ‘गुरु आमा’ले पहिलो दिनमै दर्शकको जबरजस्त साथ पाउँदै काठमाडौंसहित देशभरका सिनेमा हल खचाखच भरिएका छन् ।

एकैसाथ प्रदर्शनमा आएका ‘मालती मंगले’, ‘लाली बजार’ र ‘गुरु आमा’ मध्ये चर्चित कलाकार र चर्चित नाम भएका फिल्महरूलाई पछि पार्दै ‘गुरु आमा’ दर्शकको पहिलो रोजाइ बनेको हो । पहिलो शोदेखि नै हलमा दर्शकको भीड देखिएपछि चलचित्र क्षेत्र नै चकित बनेको छ ।

‘लाली बजार’ निर्माता निश्चल बस्नेतलाई प्रधानमन्त्री बालेन शाह निकट मान्ने गरिन्छ भने ‘मालती मंगले’को प्रिमियम शो मा रास्वपा सभापति रवि लामिछाने बधाई तथा शुभकामना दिन पुगेका थिए । सरकार पक्षको राम्रो साथ पाएका
‘लाली बजार’ र ‘मालती मंगलेको तुलनामा ‘गुरु आमा’ले दर्शकको मन जित्न सफल भएको देखिएको छ ।

निर्माता तथा निर्देशक प्रेम सोनी सुनार ले निर्माण गरेको ‘गुरु आमा’ पूर्ण रूपमा शिक्षा क्षेत्रको कथावस्तुमा आधारित चलचित्र हो । प्रेमकथा, हिंसा र सामाजिक द्वन्द्वका कथामा केन्द्रित नेपाली चलचित्र बजारमा प्रसस्त आएपछि शिक्षा क्षेत्र, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको यो सम्भवतः पहिलो नेपाली चलचित्र मानिएको छ ।

चलचित्रले शिक्षाको महत्व, विद्यालयको भूमिका र समाज निर्माणमा गुरुको योगदानलाई भावनात्मक र यथार्थपरक ढंगले प्रस्तुत गरेको दर्शकको प्रतिक्रिया छ । यही कारण अभिभावक, शिक्षक र विद्यार्थी समुदायबाट चलचित्रलाई विशेष समर्थन मिलिरहेको बताइएको छ ।

समुदाय, विद्यालय र दर्शकको साथले चलचित्रलाई नयाँ उचाइमा पु¥याएको निर्देशक सुनारको भनाइ छ । चलचित्र प्रदर्शनसँगै शिक्षा क्षेत्रका लागि ‘महाउत्सव’ सुरु भएको प्रतिक्रिया समेत आउन थालेको छ ।

चलचित्रमा मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, धुर्व कोइराला, टिका सानु र सुस्मा थापाको मुख्य अभिनय रहेको छ। साथै पदम थापा, विश्वास नेपाल, उत्तम केसीको समेत अभिनय रहेको चलचित्रमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति रहेको छ।

वि.सं.२०८३ वैशाख २६ शनिवार ०७:५८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...