११ मसिंर, काठमाडौँ । पटक पटक सरकारको निर्देशन अटेर गर्दै आएका मेडिकल कलेजका सञ्चालकले एमबिबिएस र बिडिएसका विद्यार्थीसँग बढी उठाएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म बसेको बैठकमा कलेज सञ्चालकहरुले विद्यार्थीसँग बढी उठाएको शुल्क बुधबारदेखि नै फिर्ता वा समायोजन सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विश्वविद्यालयबाट काउन्सििलङ गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया सुरु भएको शैक्षिक सत्र ०७४ ०७५ र ०७५ ७६ मा सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिगेको रकम फिर्ता गर्ने उनीहरु सहमत भएका हुन् । बुधबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ मंसिर ११ बुधवार ०७:३८ मा प्रकाशित


























