back
CTIZAN AD

बेहुली लिन गएका बेहुला चार लाख तिरेर फर्किए

वि.सं.२०७६ मंसिर ३० सोमवार

1.7K 

shares

३० मसिंर, झापा । जन्ती लिएर बेहुलीको घर पुगेको बेहुलाले आफ्नो घर फर्किदा के लिएर फर्केला ? सहज उत्तर हुन्छ
– बेहुली र दाइजोपात । तर झापाको भद्रपुरका एक बेहुला भने विवाहमण्डपमा जरिवाना तिरेर घर फर्केका छन् ।

घटना अनुसार बेहुला पक्षले बेहुलीपक्षलाई ढाटेको भन्दै बेहुलालाई जरिवाना तिराएका छन् । झापाको भद्रपुर नगरपालिका ७ का युवा र बुद्धशान्ती गाउँपालिका २ की युवतीबीच विवाह छिनिएको थियो । विवाह मसिंर २९ गतेका लागि छिनियो । सोही अनुसार बेहुला बेहुली लिन बेहुलीको घरमा गए ।

मण्डप सजियो बवाल तव भयो जब बेहुलाले बेहुलीको सिउँदोमा सिन्दुर हाल्न खोजे तर बेहुलाको हात उठ्दै उठेन । त्यसपछि खुल्यो बेहुला अपाङग भएको रहस्य । अनि बेहुली पक्ष झगडामा उत्रियो ।

बेहुली लिन पुगेका जन्तीका सवारी साधन तोडफोड हुन थाले त्यसपछि स्थानीय प्रहरी घटनास्थल पुग्यो । प्रहरीले झगडा मिलाएर फर्कियो । प्रहरी पुगेपछि बेहुला र बेहुलीपक्षबीच जरिवाना तिर्ने सहमती भयो । बेहुला पक्षले बेहुलीलाई ४ लाख रुपैयाँ जरिवाना तिरेर बेहुली बिनै घर फर्किए ।

वि.सं.२०७६ मंसिर ३० सोमवार ११:३७ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...