back

सुगाको बथानले मकैबाली सखाप गर्न थालेपछि किसान चिन्तित

वि.सं.२०८० भदौ २२ शुक्रवार

132 

shares
RBB AD
NTC AD

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् ।

बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताईन् । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उनिले भनिन्, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उलिे बताईन् ।

उनका अनुसार बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका छन् । “एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन”, सिमलफाँटाका रामबहादुर चौधरीले भने, “सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ ।”

उनले गुनासो पोख्दै भने, “दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्कन्छन् ।” खेतमा छरेको मकैको बीउसमेत उठाउन मुस्किल हुन थालेको उनको उल्लेख गरे । सुगाकै कारण मकैखेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन् ।

मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन् । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए ।

सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन् । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताए । निकुञ्ज कार्यालयलाई क्षतिपूर्तिका लागि जनाउँदै आए पनि सुनवाइ नभएको उनकोे भनाइ छ ।

 

वि.सं.२०८० भदौ २२ शुक्रवार ११:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा...

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ ।...

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन (ललितपुर) । कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा...

पशुपालनबाटै पालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदान

पशुपालनबाटै पालिकालाई आत्मनिर्भर बनाउन किसानलाई अनुदान

पर्वत । पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको...

प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो : मुख्यमन्त्री कँडेल

प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,...

सिंगापुर र साउदीको रोजगारी छोडेर फर्किएका  मीनबहादुरको रहर लाग्दो खरबुजा खेती

सिंगापुर र साउदीको रोजगारी छोडेर फर्किएका मीनबहादुरको रहर लाग्दो खरबुजा खेती

त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले...