back

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

वि.सं.२०८० चैत १५ बिहीवार

279 

shares
NTC AD
Global IME AD

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए ।

उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ ।

“होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन”, प्रवक्ता झाले भने । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

वि.सं.२०८० चैत १५ बिहीवार ११:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका...

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

दलहरुबीच सजिलोपनकै लागि सत्तासाझेदारी सरकार गठन गर्न नहुने नेता साउदको भनाई

दलहरुबीच सजिलोपनकै लागि सत्तासाझेदारी सरकार गठन गर्न नहुने नेता साउदको भनाई

वीरगञ्ज (पर्सा) । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन...

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट...