back

सामान्य अवस्थामा फर्कँदै असन्तुलित बनेको वीरेन्द्र ताल

वि.सं.२०८१ वैशाख १० सोमवार

279 

shares
RBB AD
NTC AD

गोरखा । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।

आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो । “हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो”, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, “अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किँदै गइरहेको अवस्था छ ।”

उनले तालको नजिक बस्ती नभएका कारण हिमपहिरो खसेर असन्तुलित बनेको तालले कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको बताए । हिमालबाट तालमा पहिरो खस्ने क्रमसमेत रोकिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

“तालको पानी ओभरफ्लो भएर बुढीगण्डकी नदीमा पानीको बहाव बढ्दा तालबाट करिब आधा घण्टाको दूरीमा रहेको सामागाउँबाट साम्दोसम्म जाने बाटोको बीचमा पर्ने एउटा पुरानो काठ पुल बगाएको छ”, उनले भने, “त्यसबाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन, पहिरो खस्ने क्रमसमेत रोकिइसकेको छ ।”

प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाकर्मीले तालको पानी गहिरो बनाएर निष्काशन गरेको बताए । सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको उनको भनाइ छ । मनास्लु हिमालको काखैमा रहेको वीरेन्द्र तालमा आइतबार ठूलो हिमपहिरो खसेको थियो ।

हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेकाले जिल्ला प्रशासन कार्यालयले बुढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी वरपर नजान आह्वान गरेको थियो ।
रासस/फाइल फोटो

वि.सं.२०८१ वैशाख १० सोमवार १२:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिम्रिक एयरले डढेलो निभाउन सघाउने

सिम्रिक एयरले डढेलो निभाउन सघाउने

काठमाडौँ । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न...

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने...

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

चैनपुर, (बझाङ) । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी...

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा...

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासिलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन...

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०...