back

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली, मकै छर्न नपाएर किसान चिन्तित

वि.सं.२०८१ वैशाख १० सोमवार

333 

shares
RBB AD
NTC AD

गलेश्वर (म्याग्दी) । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ । पानीका मुहान सुकेका छन् । गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण बिरामी बढेको स्थानीयले बताएका छन् ।

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताए । “हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको छ”, विकले भने ।

“वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायतका हिउँदेबाली पनि राम्रोसँग उत्पादन भएन । अहिले खडेरी परेको छ, बारीमा मकै छर्न पाएका छैनौँ । यस्तै भयो भने त भोकमरीले मरिने भयो”, मङ्गला गाउँपालिका– ५ का किसान टीका पौडेलले गुनासो गरे । लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले आलसतालस बनाइरहेको छ । किसान बारीमा मकै छर्न नपाएर छट्पटाइरहेको राष्ट्रिय जनमोर्चा म्याग्दीका पूर्वअध्यक्षसमेत रहेका मालिका गाउँपालिका–६ का कृषक छवि विश्वकर्माले बताए ।

“विपत्ति सुरु भएको छ । पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन । खेतमा छरेका मकै खेतमा नै सुकेको छ । बारीमा मकै छर्न नपाएर किसान चिन्तित छन् । तरकारी र फलफूलका बिरुवा मर्न थाले । वनजङ्गल डढेलोले ध्वस्त भएका छन् । खानेपानीका मुहान सुकिराखेका छन् । स्थिति हामीले सोचेभन्दा जटिल हुँदै गएको छ”, उनले भने । हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालमा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा परेको स्थानीयवासीको भनाइ छ ।

पर्याप्तमात्रामा हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैँ फिक्का देखिन थालेका छन् । । हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै गएर हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलमा समेत त्यसको प्रभाव देखिएको किसानले बताएका छन् ।

आकाश खुल्न सकेको छैन । जताततै डढेलो लागेपछि तुवाँलोले वातावरण विषाक्त बनेको छ । घाम नलागे पनि गर्मी बढेको छ ।

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । “मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्”, स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।

मकैबाली लगाउने याम घर्किसकेको छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा राम्रोसँग वर्षा भएको छैन ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु¥याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताए ।

म्याग्दीमा आकाशे वर्षाका भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिकहरु बताउँछन् । त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् ।

बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको किसानले गुनासो गरेका छन् ।

वि.सं.२०८१ वैशाख १० सोमवार १६:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने...

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

चैनपुर, (बझाङ) । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी...

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा...

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासिलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन...

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०...

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

काठमाडौँ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको सङ्ख्या बढाउनुपर्नेमा...