back

उपचार खर्च भएन ? आउनुहोस् मेयर बालेनको शहरमा !

वि.सं.२०८१ वैशाख १६ आइतवार

321 

shares
RBB AD
NTC AD

काठमाडौ । काठमाडौँ महनगर पालिकाले केहि समय अघि काठमाडौँमा बसोबास गर्ने अशक्त र गरिब नागरिकहरुका लागि भनेर निशुल्क उपचारको व्यवस्था गरेको थियो । तर अहिले भने कामपाले देशभरीका नागारिकाको लागि यस्तो सुविधा दिने घोषणा गरेको छ ।

कामपाका मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार फेसबुकमा स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन् ।

“नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’ सामाजिक संजालमा लेख्दै उनले भनेका छन् ।

बालेनले आफ्नो टोल छिमेक तथा आफन्तहरु माथि उल्लेखित वर्गमा पर्ने भएमा खबर गर्न समेत आग्रह गरेका छन्, “तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’ उनले भनेका छन् ।

मेयर बालेनले निः शुल्क सेवाको लागि सम्पर्क : ११८० वा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिने समेत उल्लेख गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ । महानगले देशभरमा रहेका विपन्न र अशक्त नागरिकलाई सेवाबाट बन्चित रहन नपारोस भन्ने हिसावले कामपा जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र ब्यवारिसे नागरिकहरुलाई कुल शैयाको १० प्रतिशत विरामिलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनि व्यवस्था गरेको छ ।’ मेयर बालेनले भनेका छन् ।

कामपाभित्र संचालनमा रहेका अस्पताल मध्य ५२ अस्पातालले कुल ३७४ बेडका व्यवस्था गरेको पनि बालेनले आफ्नो स्टाटसमा बताएका छन् । निशुल्क उपचार सम्बन्धि जततउकस्रराचभभजभबतिज।पबतजmबलमग।नयख।लउर को वेभ साईटमा गएर पनि हेर्न सकिन्छ र साथै कुन अस्पतालमा कति वटा बेड बाकि रहेको छ भन्ने कुरा पनि यसै वेभ साईटबाट जानकारी लिन सकिन्छ ।

निशुल्क उपचारको लागि के गर्नुपर्छ त ? 
कामपाबाट विपन्न र असाहय बिरामीले निशुल्क उपचार सेवा लिनका लागि विभिन्न कागजातको आवश्यकता पर्दछ ।
१. नेपाल सरकार / प्रदेश सरकार/ स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात/ परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र /नेपाली नागरिकता प्रमाण पत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची–५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची– ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र,

बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।
माथि उल्लेखित कागजात भएमा मात्रै निशुल्क उपचार सेवा लिन सकिन्छ ।

 

 

 

 

 

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मन्त्रिपरिषद् विस्तार, स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त

मन्त्रिपरिषद् विस्तार, स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेको छन्...

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीमा एसएसपी कार्की

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीमा एसएसपी कार्की

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक...

टर्कीमा रोजगारी दिने भन्दै ४ करोड ठगी गरेको आरोपमा पक्राउ

टर्कीमा रोजगारी दिने भन्दै ४ करोड ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ । टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै रु...

सात करोड बढीको कारोबार गर्दै १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न

सात करोड बढीको कारोबार गर्दै १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न

काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

तोकिएको समयमै सिड समितिमा जवाफ पेश गरिनुपर्ने

तोकिएको समयमै सिड समितिमा जवाफ पेश गरिनुपर्ने

काठमाडौँ । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने...