back

सामाजिक विकास कार्यालयद्वारा ५५ आयोजना सम्पन्न

वि.सं.२०८२ साउन २२ बिहीवार

675 

shares

दमौली (तनहुँ) । सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा पुँजीगततर्फ ५५ वटा आयोजना सम्पन्न गरेको छ । कार्यालयले जिल्लाका विभिन्न ठाउँमा गुम्बा, मठमन्दिर, विद्यालय भवन, आमा समूह भवन, खेलमैदानलगायत पूर्वाधार निर्माण गरेको हो ।

पुँजीगततर्फ रु तीन करोड ८१ लाख ५० हजार बजेट विनियोजन भएकामा रु तीन करोड १३ लाख २५ हजार ५८४ खर्च भएको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका–११ स्थित मानेचौका छेदेन कर्मा छेलिङ गुम्बा निर्माण तथा संरक्षणका लागि रु पाँच लाख बजेट विनियोजन भएकामा रु चार लाख ८९ हजार एक सय ९६ खर्च भएको छ । उक्त रकमबाट गुम्बा स्तरोन्नति, तला थप तथा रेलिङ निर्माण गरिएको हो ।

व्यास नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर निर्माणका लागि रु दश लाख, शुक्लागण्डकी नगरपालिका–१ स्थित ज्वालादेवी आमा समूह भवनका लागि रु पाँच लाख, भानु–१० स्थित गुरुङ सामुदायिक भवन निर्माण गर्न रु पाँच लाख, भानु–३ स्थित साँखुली सामुदायिक बहुउद्देश्यीय भवन मर्मत गर्न रु पाँच लाख र देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा कम्पाउण्ड निर्माणका लागि रु दश लाख बजेट विनियोजन भएको प्रमुख आचार्यले जानकारी दिए ।

उनका अनुसार शुक्लागण्डकी नगरपालिका–५ स्थित दरगाउँ गुरुङ समाज भवन गर्न रु पाँच लाख, देवघाट–५ स्थित बद्रीनारायण मन्दिर रामानुज पिठ मर्मतका लागि रु पाँच लाख, शुक्लागण्डकी–२ स्थित किराखोर खेलमैदान निर्माण गर्न रु दश लाख, भिमाद नगरपालिका–५ स्थित राममन्दिर टोल वृद्धाश्रमका लागि रु दश लाख विनियोजन भएकामा रु नौ लाख ९२ हजार ८०५ खर्च भएको छ ।

चालुतर्फ ९२ प्रतिशत खर्च

कार्यालयले सोही अवधिमा चालुतर्फ ९२ दशमलव ५० प्रतिशत बजेट खर्च भएको जनाएको छ । चालुतर्फ रु एक करोड ८७ लाख ५० हजार विनियोजन भएकामा रु एक करोड ४८ लाख ६० हजार ५०८ खर्च भएको प्रमुख आचार्यले बताए ।

चालुतर्फ कार्यालयले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई अनुदान, अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, एकल महिलाका लागि नेतृत्व विकास, अभिभावक शिक्षा, लागुऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम, किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम, बालमैत्री स्थानीय शासन प्ररवद्र्धन तथा व्यवस्थापनलगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

विसं २०७८ भदौ २३ गते जिल्लामा सामाजिक विकास कार्यालय स्थापना भएको थियो । कार्यालयले युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत क्षेत्रमा काम गर्दै आएको छ । साढे तीन वर्ष शिक्षा विकास तथा समन्वय इकाइको दुई कोठामा सञ्चालन रहेको कार्यालयले विसं २०८१ पुस १४ गतेदेखि आफ्नै भवनबाट सेवा दिइरहेको छ ।

 

वि.सं.२०८२ साउन २२ बिहीवार १४:१० मा प्रकाशित

Himalayan Life AD
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी...

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...