back
CTIZAN AD

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

वि.सं.२०८२ मंसिर २४ बुधवार

381 

shares

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँले टस जितेसँगै लुम्बिनी लायन्सलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो । यस खेलको विजेता टोलीले भोलि विराटनगर किङ्ग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

मोन्टी देसाईंको नेतृत्वमा रहेको काठमाडौँले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौँले खेलको सात खेलमध्ये पाँच खेलमा जित हासिल गरेको छ । नेट रनरेटमा पछि परेपछि काठमाडौँ पहिलो क्वालिफायर खेल्नबाट वञ्चित भएको हो ।

यता लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै दोस्रो चरण प्रवेश गर्न सफल भएको हो । लुम्बिनीले खेलेको सात खेलमा चार खेलमा विजयी हासिल गरेको थियो । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स भने प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

काठमाडौँ गोर्खाजको प्लेइङ एघारमा कप्तान करण केसीसहित आकाश त्रिपाठी, आदिल अन्सारी, शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, वेन चाल्र्सवेथ, मिलिन्द कुमार, सनी पटेल र जोन सिमसन छन् ।

त्यसैगरी, यता लुम्बिनी लायन्सको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, सन्दीप जोरा, दिलीप नाथ, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला र डार्शी सर्ट छन् ।

वि.सं.२०८२ मंसिर २४ बुधवार १६:२४ मा प्रकाशित

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...