back

भ्रष्टाचार नियन्त्रण आफैँबाट सुरु गर्न युवा पुस्ताको जोड

वि.सं.२०८२ मंसिर २३ मंगलवार

138 

shares

चितवन । ‘आँखा चिम्म गरी सपनाको दुनियाँमा हराउनु पर्दैन, आफू सध्य छौँ भने कोहीसँग डराउनु पर्दैन’

जेनजी आन्दोलनका अगुवा अधिराज यादवले यो श्लोक वाचन गर्दा हलमा परर ताली बज्यो । जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना तथा भ्रष्टाचारविरुद्धको अभियान चितवन एवं भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था, भ्रष्टाचारविरुद्ध जागरण अभियानले संयोजन कार्यक्रममा यादवले भ्रष्टाचारविरुद्ध सबैजना एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

भ्रष्टाचारविरुद्ध अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित सुशासन र सदाचार प्रवद्र्धनमा प्रतिबद्धता कार्यक्रममा उहाँले देशमा भ्रष्टाचार नियन्त्रण गर्न चाहने हो भने सुरुआत आफैँबाट गर्न आवश्यक रहेको बताए । उनले भने, “राजनैतिक दलदेखि सरकारी कार्यालयसम्म र घरदेखि सहरसम्म जताततै भ्रष्टाचारको गन्धले गन्हाएको छ । यसलाई सुधार गर्न लाग्नुपर्छ ।” युवा पुस्ताले यो कुरा बुझेको बताउँदै उनले अहिलेको समयमा पनि भ्रष्टाचार नियन्त्रण गर्न नसके कहिल्यै नहुने बताए ।

जेनजी अगुवा आयुष पौडेलले सार्वजनिक खरिद ऐनलाई परिमार्जन गर्दै सरकारी सेवाहरु प्रविधिमैत्री बनाउन सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने धारणा राखे । गत भदौ २३ र २४ गते भएको प्रदर्शन भ्रष्टाचारविरुद्ध मात्रै नभएर अब युवा जागे है भन्ने सन्देश भएको बताए ।

हरेक स्थानमा जनताको सहभागितालाई आत्मसात् गर्दै अघि बढ्न सके भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनकोे भनाइ थियो । दलहरुले गरेका राजनैतिक नियुक्तिदेखि कर्मचारीहरुको कमिसनसम्म भ्रष्टाचारको जालो मौलाएको बताउँदै उहाँले यसलाई रोक्न सबै आ–आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए ।

जेनजी समूहका चितवन संयोजक आशीष सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाजदेखि सबै एक हुन जरुरी रहेको बताए । अहिले देशमा केही परिवर्तन हुन्छ कि भन्ने आभाष भएको भन्दै उनले जनताको खबरदारीले नै देश बन्ने बताए । युवा पुस्ताको चाहनाअनुसार शासकहरु अघि नबढ्दा आफूहरु आन्दोलित बन्न बाध्य भएको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले भ्रष्टाचार न्यूनीकरणका लागि युवा पुस्ताको भावनाअनुसार अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, “सबैले जिम्मेवारी लिएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ ।” युवा पुस्ताहरु यसमा चनाखो हुन आवश्यक रहेको उनको भनाइ थियो ।

सो अवसरमा बोल्ने वक्ताहरुले राजनैतिक दलका नेता एवं राज्य संयन्त्र चलाउने कर्मचारीहरु आफूबाट सुधार गर्दै जाँदा भ्रष्टाचार निवारण गर्न सहयोग पुग्ने बताए ।

त्यस अगसरमा संविधानसभा सदस्य विष्णुमायाँ परियार, भ्रष्टाचारविरुद्धको अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषाल, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीलगायतले भ्रष्टाचार घरघरबाट हटाउन आवश्यक रहेको बताए ।

वि.सं.२०८२ मंसिर २३ मंगलवार १६:२५ मा प्रकाशित

Himalayan Life AD
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी...

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...