back

राष्ट्रियसभाः सदाचार नीति छिट्टै ल्याउन सदस्यहरूको आग्रह

वि.सं.२०८२ माघ १९ सोमवार

144 

shares

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गरेका छन् ।

सभाको आजको बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले नीति लागू भएमा देश सुशासनयुक्त हुने बताए । उनीहरुले राज्य सञ्चालनका क्रममा नैतिक मूल्य र मान्यतालाई पालना गराई नेपाललाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’ बाट छिट्टै माथि उठाउनसक्नुपर्नेमा जोड दिए ।

छलफलमा सभा सदस्यहरू तुलसाकुमारी दाहाल, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोइराला, पदमबहादुर परियार, राजेन्द्रलक्ष्मी गैह्रे, मदनकुमारी साह (गरिमा) उर्मिला अर्याल, डा वेदुराम भुसाल, कृष्णप्रसाद अधिकारी, नारायणदत्त मिश्रलगायत सहभागी भएका थिए ।

वि.सं.२०८२ माघ १९ सोमवार १४:५६ मा प्रकाशित

Himalayan Life AD
नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

समाचार सारांश - आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशीकरण...

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय...

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको सुरक्षा बलले दक्षिण – पश्चिमी प्रान्त बलुचिस्तानमा...

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर...

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ...

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...