back

राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ –प्रधानमन्त्री

वि.सं.२०८२ माघ १९ सोमवार

75 

shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन ।

यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराईन । उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट गरिन ।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिईन् । प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिईन ।

वि.सं.२०८२ माघ १९ सोमवार १५:२९ मा प्रकाशित

Himalayan Life AD
नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

समाचार सारांश - आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशीकरण...

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय...

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको सुरक्षा बलले दक्षिण – पश्चिमी प्रान्त बलुचिस्तानमा...

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर...

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ...

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...