back

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

वि.सं.२०८२ माघ १९ सोमवार

141 

shares

पाकिस्तान । पाकिस्तानको सुरक्षा बलले दक्षिण – पश्चिमी प्रान्त बलुचिस्तानमा समन्वित आतंकवादी आक्रमणलाई विफल तुल्याउदा कम्तिमा १४५ जना आतंककारी १७ सुरक्षाकर्मी र ३१ जना सर्वसाधारणको ४० घण्टाको अवधिमा मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताएका छन् ।

बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतङ्कवाद विरोधी अभियान र आतङ्कवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन् ।

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले प्रान्त भरि धेरै आक्रमण गरेको उल्लेख गर्दै सुरक्षा फौजले तत्काल र निर्णायक प्रतिक्रिया दिएको उनले बताएका छन् ।

बुगतीले यस घटनालाई पाकिस्तानले आतङ्कवाद विरुद्ध चलाएको युद्ध पछि यति छोटो अवधिमा रेकर्ड गरिएको सबै भन्दा धेरै आतङ्कवादी हताहत भएको बताएका छन् ।

यसै विच रक्षामन्त्री ख्वाजा आसिफले आक्रमण पछि बलुचिस्तानमा पुनः शान्ति पुनस्र्थापित भइसकेको उल्लेख गर्दै र सुरक्षा बलले बाँकी खतराहरू हटाउन “मोपिङ अप” अपरेसन गरिरहेको बताउनु भएको छ ।(रासस/सिन्ह्वा) 

 

वि.सं.२०८२ माघ १९ सोमवार १६:३० मा प्रकाशित

Himalayan Life AD
नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

समाचार सारांश - आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशीकरण...

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय...

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर...

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ...

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...