काठमाडौँ । लोकसेवा तयारी तथा सूचना प्रविधि शिक्षामा अग्रणी संस्था डि.आई.टी. सोलुसन (DIT Solution Pvt. Ltd.) ले यस वर्षको लोकसेवा आयोगको नतिजामा उल्लेखनीय सफलता हासिल गरेको छ। हालै सार्वजनिक गरिएको नेपाल विविध सेवा अन्तर्गत कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदको नतिजामा ७० प्रतिशतभन्दा बढी स्थानमा यस संस्थाका विद्यार्थीहरू सिफारिस भई नयाँ कीर्तिमान कायम गरेका छन्।
सन् २०१४ देखि सूचना प्रविधि तथा लोकसेवा तयारी कक्षामा सक्रिय यस संस्थाले आफ्नो “Result-Oriented” शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई लक्षित तयारी गराउँदै आएको छ।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुदीप घिमिरेका अनुसार, “हाम्रो उद्देश्य विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक तथा प्रयोगात्मक रूपमा दक्ष बनाउनु हो। ७० प्रतिशतभन्दा बढी सफलता हाम्रो निरन्तर मेहेनत र विद्यार्थीहरूको विश्वासको प्रतिफल हो।”
डि.आई.टी. सोलुसनले लोकसेवा तयारीका अतिरिक्त वेब डेभलपमेन्ट, साइबर सेक्युरिटी, आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायत आधुनिक सूचना प्रविधिसम्बन्धी विभिन्न कोर्षहरू सञ्चालन गर्दै आएको छ। सरकारी सेवामा प्रवेश गर्न इच्छुक तथा दक्ष प्राविधिक जनशक्ति बन्न चाहने नेपाली युवाहरूका लागि यो संस्था एक भरोसायोग्य गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।
वि.सं.२०८२ माघ २८ बुधवार १३:१२ मा प्रकाशित




























