back
CTIZAN AD

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

वि.सं.२०८२ माघ २८ बुधवार

540 

shares

काठमाडौँ । काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते हुनुभएको र उनको उपचारका क्रममा आज मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा३ख ३९५४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा रोशना घाइते भएकी र उपचारको क्रममा निजको मृत्यु भएको हो । दुवाल बागमती प्रदेश–०२–०४३ प २७२६ नम्बरको स्कुटरमा पछाडि सवार थिइन् । करिब २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मूलपानीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाविर तामाङलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए ।

वि.सं.२०८२ माघ २८ बुधवार १७:०९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...