back
CTIZAN AD

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

वि.सं.२०८३ साउन १८ सोमवार

120 

shares
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ । निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा डिजिटल करेन्सीको अर्थ र कानुनी दायराबारे छलफल भएको हो । सो अवसरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक दीर्घ रावलले डिजिटल करेन्सीको व्यवस्था राख्दा केन्द्रीय बैङ्क डिजिटल करेन्सी (सीबीडीसी) समेटिने बताए ।
क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने राष्ट्र बैङ्क ऐनमा समेटिरहन आवश्यक नरहेको उनले स्पष्ट पारे । कार्यकारी निर्देशक रावलका अनुसार क्रिप्टो तथा भर्चुअल करेन्सीसँग सम्बन्धित विषय सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनबाट सम्बोधन भइसकेका छन् ।
अर्थ सचिव डा घनश्याम उपाध्यायले डिजिटल करेन्सी र डिजिटल बैङ्किङ प्रणालीलाई एउटै विषयका रूपमा परिभाषित गर्न आवश्यक नरहेको बताए । डिजिटल करेन्सीको स्वरूप र सञ्चालन प्रणाली त्यसकै पद्धतिभित्र पर्ने भएकाले छुट्टै डिजिटल करेन्सी प्रणाली उल्लेख गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।
सचिव डा उपाध्यायले आवश्यक स्पष्टताका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको डिजिटल करेन्सी भन्ने व्यवस्था गर्न सकिने सुझाव दिनुभयो । करेन्सी मूलतः केन्द्रीय बैङ्कसँग सम्बन्धित विषय भएकाले डिजिटल करेन्सी भन्नाले केन्द्रीय बैङ्कले जारी वा तोकेको डिजिटल मुद्रा बुझिने उनले स्पष्ट पारे ।
संशोधन प्रस्तावमा ऐनको दफा २ को उपदफा ४ को खण्ड (झ) मा ‘करेन्सी’ भन्नाले नगदका रूपमा चलनचल्तीमा रहेको बैङ्क नोट सम्झनुपर्ने र सो शब्दले सिक्का तथा बैङ्कबाट जारी भएको डिजिटल करेन्सीसमेत जनाउने व्यवस्था गरिएको छ । हालको ऐनमा भने बैङ्क नोट र सिक्कालाई मात्र करेन्सीको परिभाषामा समेटिएको छ ।
त्यसअघि संशोधनकर्तारले केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सीबीडीसी)’ भन्नाले बैङ्कले जारी गर्ने डिजिटल स्वरूपको कानुनी ग्राह्य मुद्रा सम्झनुपर्ने र सो शब्दले डिजिटल बैङ्किङ प्रणालीसमेत जनाउने व्यवस्था प्रस्ताव गरेका थिए । संशोधनकर्ताबाट बैङ्कबाट जारी भएको डिजिटल करेन्सी भन्नाले नेपाल राष्ट्र बैङ्कद्वारा जारी, नियन्त्रण र निपटान गरिएको केन्द्रीय बैङ्क डिजिटल करेन्सी (सीबीडीसी) सम्झनुपर्ने तथा निजी रूपमा जारी हुने भर्चुअल करेन्सी वा क्रिप्टो करेन्सीलाई ऐनको प्रयोजनका लागि करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने व्यवस्था राख्न सुझाव दिइएको थियो । (रासस)

वि.सं.२०८३ साउन १८ सोमवार २१:२१ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...