back
CTIZAN AD

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

वि.सं.२०८३ साउन १८ सोमवार

87 

shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक कपिलबस्तु नगरपालिका ६ गोवरी बस्ने २५ वर्षीय अक्षय श्रीवास्तव तथा पछाडि सवार सोही स्थानका २५ वर्षीय मुरेली यादव र २९ वर्षीय प्रतिक जैसवाल सवार रहेकोमा पछाडि सवार मुरेली यादव र प्रतिक जैसवाल घाइते भएका थिए । घाइते दुवै जनालाई जिल्ला अस्पताल कपिलबस्तु लगिएकोमा चिकित्सकले साँझ ५;३५ बजे मुरेली यादवलाई मृत घोषणा गरेका हुन् ।

अर्का घाइते प्रतिक जैसवालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि साँझ ५:५५ बजे भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

शिवपुराबाट जगदिशपुरतर्फ जाँदै गरेको लु.प्र. ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा रहेको छ भने चालक अक्षय श्रीवास्तव फरार रहेकाले उनको खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

वि.सं.२०८३ साउन १८ सोमवार २०:५७ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...