back
CTIZAN AD

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

वि.सं.२०८३ साउन १८ सोमवार

75 

shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा सञ्चालित जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत करिब २ खर्ब ५ अर्ब रुपैयाँ बराबर बीमाशुल्क संकलन भएको छ ।

तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले मात्र करिब २ खर्ब रुपैयाँ, लघु जीवन बीमा कम्पनीहरूले करिब १ अर्ब २१ करोड रुपैयाँ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत करिब ३ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले असार मसान्तसम्म १ करोड १८ लाख ५० हजार ३ सय ९१ सक्रिय बीमालेख कायम गरेका छन् भने लघु जीवन बीमा कम्पनीसहित यो संख्या १ करोड ६७ लाख ९२ हजार २३० पुगेको छ ।

नेपाल लाइफको सबैभन्दा ठूलो बजार

कम्पनीगत रूपमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो जीवन बीमा कम्पनी बनेको छ । यो कम्पनीको बजार हिस्सा समग्र जीवन बीमा कम्पनीको करिब २७ प्रतिशत रहेको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको नेशनल लाइफको बजार हिस्सा करिब १२ प्रतिशत र तेस्रोमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को बजार हिस्सा करिब ११ प्रतिशत रहेको छ ।
हाल नेपालमा १३ वटा जीवन बीमा कम्पनी तथा तीन वटा लघु जीवनबीमा कम्पनी सन्चालनमा छन् ।

निरास अर्थतन्त्रमा बीमा क्षेत्रको आशाको संचार

नेपालको जीवन बीमा उद्योगले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म करिब २ खर्ब पाँच अर्ब रुपैयाँको बीमाशुल्क संकलन गर्दै आफ्नो व्यवसाय विस्तारलाई निरन्तरता दिएको देखिन्छ । बजारमा नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को अग्रता कायम रहँदा अन्य कम्पनीहरूले पनि उल्लेख्य व्यवसाय गरेका छन् । सक्रिय बीमालेखको संख्या १ करोड ६७ लाखभन्दा माथि पुग्नुले जीवन बीमा सेवाप्रति नागरिकको पहुँच र सहभागिता क्रमशः विस्तार हुँदै गएको संकेत गर्दछ ।

वि.सं.२०८३ साउन १८ सोमवार १७:०९ मा प्रकाशित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...