back
CTIZAN AD

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

वि.सं.२०८३ साउन १८ सोमवार

948 

shares

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका–२ बहाँटारीमा दोस्रो राष्ट्रिय कोदो दिवस भव्य रूपमा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, गाउँसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी, परेली कृषि सहकारी संस्था, बहाँटारी कृषक समूह, फेदीखोला सेरेना मौरीपालन कृषक समूह, स्थानीय आमा समूह तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा परम्परागत शैलीमा हल गोरुबाट खेत जोत्दै असारे रोपाइँ गीतसहित कोदो रोपिएको थियो। साथै कोदोबाट तयार गरिएका पकौडा, सेफाली, खुर्मा, फुरौला, जेरी, बिस्कुट, दाम्ले मिठाई, मःम, पुवा, सेलरोटी, ढिँडो, पुरी, कप केक, तावा रोटी, सुप, कोदोको अचार, खोलेलगायत विभिन्न परिकारको प्रदर्शनी तथा स्वाद परीक्षण गरिएको थियो।

कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले कोदोको महत्व औँल्याउँदै फेदीखोला गाउँपालिकाले कृषि क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमलाई उदाहरणीय, देशकै नमूनायोग्य तथा स्वागतयोग्य भएको बताएका थिए। उनीहरूले कृषि प्रवर्द्धनका लागि गाउँपालिकाले चालेका कदमको प्रशंसा गर्दै निरन्तर सफलताको शुभकामना व्यक्त गरेका थिए।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोदो खेतीले स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने, बाँझो जमिनको उपयोग गर्ने, वातावरण संरक्षणमा योगदान पुर्‍याउने तथा स्थानीय उत्पादनको प्रयोग बढाएर किसानलाई प्रत्यक्ष राहत पुग्ने बताए।

उनले किसानको आवश्यकता र मागका आधारमा गाउँपालिकाले सञ्चालन गर्दै आएका किसानहितका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी पनि दिए। आर्थिक वर्ष २०७६ देखि उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान, कृषि एम्बुलेन्स, कृषि उपज संकलन केन्द्र, शीत भण्डार, बजारीकरणमा सहयोग तथा कृषक प्रोत्साहन र सम्मानका लागि कृषि मेला–प्रदर्शनी जस्ता कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै ती कार्यक्रम देशभर उदाहरणीय बनेको र आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष सुवेदीले कोदो दिवसलाई एकदिने कार्यक्रममा मात्र सीमित नराखी गाउँपालिकाभित्रका सबै विद्यालय तथा गाउँपालिका र मातहतका कार्यालयमा हप्ताको एक दिन दिवा खाजामा कोदोबाट बनेका परिकार अनिवार्य रूपमा समावेश गर्ने नीति गत आर्थिक वर्षदेखि नै लागू गरिएको जानकारी दिए। उनले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए।

नेपालमा उत्पादन हुने खाद्यान्नमध्ये क्षेत्रफल र उत्पादनका आधारमा कोदो चौथो प्रमुख खाद्यान्न बाली हो भने फेदीखोला गाउँपालिकामा यो तेस्रो प्रमुख खाद्यान्न बालीका रूपमा रहेको छ। पोषण सुरक्षा र वातावरण संरक्षणका दृष्टिले समेत कोदो महत्वपूर्ण बाली मानिन्छ।

गाउँपालिकाले स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ६ को ‘हाम्रो फेदीखोला’ पुस्तकमा ‘कोदोः बहुउपयोगी खाद्यान्न’ शीर्षक समावेश गरी शैक्षिक सत्र २०७७ देखि अध्ययन–अध्यापन गराउँदै आएको छ।

यसै अवसरमा कोदो भण्डारणका लागि बाला काट्ने, चुट्ने र सफाइ गर्ने कार्यमा लाग्ने श्रम, समय तथा लागत घटाउने उद्देश्यले गाउँपालिका अध्यक्ष सुवेदीले राममन्दिर कृषक समूहलाई कोदो थ्रेसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। थ्रेसर प्रयोगबाट बाली भित्र्याउने कार्य सहज हुने, लागत घट्ने, दानाको गुणस्तर कायम रहने तथा सुरक्षित भण्डारणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

वि.सं.२०८३ साउन १८ सोमवार १५:५५ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...