back

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

वि.सं.२०८२ माघ २८ बुधवार

165 

shares

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले आयकर ऐन २०५८ अनुसार खाताबाट काटिएको कर (TDS) विवरण आन्तरिक राजश्व विभागको E-TDS प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेको जनाएको छ।

बैंकका अनुसार ग्राहकको खातामा प्यान अद्यावधिक भएपछि ब्याज भुक्तानी वापत काटिएको कर स्वतः सम्बन्धित प्यान नम्बरमा प्रविष्ट हुने र आयकर प्रणालीले अनुसूची–१० मा करकट्टी विवरण स्वचालित रूपमा मिलान गर्नेछ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्रका लागि बैंक धाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास बैंकले लिएको छ।

बैंकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर विवरण प्रविष्ट नभएमा वा पछि करमा थप समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट पारेको छ।

ग्राहकहरूले panupdate.nicasiabank.com मार्फत वा मोबाइल बैंकिङ एप ‘NIC ASIA MoBank’ मा रहेको “PAN Update” विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत आवेदन दिई प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकको भिडियो केवाईसी सेवा वा ‘NIC ASIA MoBank’ एपको “My Profile” भित्रको “Change Email” विकल्पमार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सकिनेछ। शाखा कार्यालयबाट पनि ईमेल अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्यान उपलब्ध गराइसकेपछि पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

वि.सं.२०८२ माघ २८ बुधवार १४:४७ मा प्रकाशित

Himalayan Life AD
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने

दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन...

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार...

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौँ । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित...

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी...

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझावः कानुन निर्माणका अवरोध हटाऊ

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझावः कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौँ । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय...

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

कास्की । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै...