back

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझावः कानुन निर्माणका अवरोध हटाऊ

वि.सं.२०८२ माघ २८ बुधवार

189 

shares

काठमाडौँ । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय हुने अवस्थामा पुगेका कतिपय कानुन निर्माणका अवरोध हटाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सदस्यहरूले दिउका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समयावधि पुगेका सांसदले बिदाइसहित सभाको अनुभव साट्ने क्रममा कानुन निर्माणका अवरोध हटाउनुपर्ने सुझाव दिएका हुन् । सांसद देवेन्द्र दाहालले सभालाई विज्ञहरूको सभा बनाउनुपर्ने सुझाव दिए । विज्ञ र बौद्धिक सदस्य छनोट गरेर राजनीतिक दलले सभामा पठाउनुपर्ने धारणा उनले राखेका थिए ।

संवैधानिक व्यवस्थाबमोजिम छ वर्ष पदावधि पूरा गरी एक तिहाइ सभा सदस्य आगामी फागुन २० गतेदेखि बिदाइ हुन लागेका हुन् । आगामी फागुन २१ गते १९ जना सभासदस्यको पदावधि समय सकिँदैछ ।

संसदीय अभ्यासका क्रममा प्राप्त अनुभव साझा गर्ने क्रममा सदस्य गङ्गाकुमारी बेल्वासेले समितिले विभिन्न आवश्यक महत्वका कानुन सम्पादन कार्य भइरहेको र यस क्रममा थुप्रै काम सिक्ने अवसर मिलेको बताइन् ।

राष्ट्रियसभामा रहेका विधेयकहरू प्रतिनिधिसभा विघटन हुँदा निस्क्रिय हुने अवस्थामा पुगेका भन्दै यो अवस्था उचित नरहेको उनले बताइन् । “ठूलो मेहनत र स्रोत लगानी गरेर बनेका विधेयक अन्तिम समयमा निस्क्रय हुनु राम्रो होइन”, उनले भनिन्, “निजामती विधेयक, शिक्षा विधेयक महत्वपूर्ण विधेयक निस्क्रिय हुँदा चिन्ता लागेको छ ।”

सदस्य तुलसीकुमारी दाहालले सङ्घीय सरकारको दुई सदन समान रूपले महत्वपूर्ण छन् भन्ने बुझाउन नसकिएको बतायन् । उनले जनताको जीवनस्तरमा अझै पनि सुधार गर्न नसकिएकामा आत्मसमीक्षा गरिन् । सभा सदस्य गोपाल भट्टराईले राष्ट्रियसभामा बनेका कानुनलाई विभिन्न कारणले निस्क्रिय बनाउने अवस्था हटाएर कानुनी निर्माणका अवरोधमाथि समीक्षा गर्नुपर्ने बताए ।

वि.सं.२०८२ माघ २८ बुधवार १६:४० मा प्रकाशित

Himalayan Life AD
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने

दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन...

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार...

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौँ । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित...

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी...

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

कास्की । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै...

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक...