back

दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने

वि.सं.२०८२ माघ २८ बुधवार

186 

shares

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा राससलाई आज जानकारी दिँदै प्रतक्ष्यतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा आज बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिए ।

उनले दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरि दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक पौडेलले भने, “प्रतक्ष्यतर्फको मतपत्र छपाइ कार्य तिव्रगतिमा भइरहेको छ, ५० लाख मतपत्र छपाइ बाँकी छ, शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ढिलोमा शनिबारसम्म मतपत्र छपाइ सकिन्छ ।”

उम्मेदवार धेरै भएको जिल्लामा ठूलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा केही समय छपाइ सम्पन्न हुन ढिलाइ भएको केन्द्रको भनाइ छ । केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पु¥याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरि प्याकिङ सम्पन्न गरी केन्द्रले प्रतक्ष्यतर्फको मतपत्र छपाइ सुरु गरेको थियो ।

उनले बिहीबारदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने भएको छ । केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले भोलि (बिहीबार)देखि दुर्गम क्षेत्रमा मतपत्र वितरण गरिने जानकारी दिँदै उनले फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पु¥याइसक्ने बताए ।

वि.सं.२०८२ माघ २८ बुधवार १७:२२ मा प्रकाशित

Himalayan Life AD
ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार...

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौँ । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित...

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी...

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझावः कानुन निर्माणका अवरोध हटाऊ

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझावः कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौँ । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय...

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

तोकिएको मितिमै निर्वाचन हुन्छः संयोजक दाहाल

कास्की । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै...

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक...