back

युवायुवतीलाई लक्षित गरी गायक श्रेष्ठले ल्याए लोकगित

वि.सं.२०७४ असार ५ सोमवार

390 

shares
NTC AD
Global IME AD

gayak shrsestha
शिशिर सिंखडा
चितवनको हाम्रो एफ.एम. ९४ मेगाहर्जमा हरेक बुधबार बिहान १० बजे हाम्रो चौतारी र शनिबार दिउसो ४ बजे हाम्रो रोदी घर नामक लोकगीत संगीतको कार्यक्रम संचालन गर्ने राजु श्रेष्ठ रेडियोकर्मी मात्र नभई लोकगायकको रुपमा पनि परिचित छन् । विगत २ वर्षदेखि रेडियो माकार्यक्रम संचालन गर्दै आएका श्रेष्ठले हालसम्म ३ वटा लोकगीत श्रोतादर्शक माझ पस्किसकेका छन् ।

उनले तिम्रो तस्विर बोलको एकल लोकगीत २०७२ सालमा रेकर्ड गराएका थिए । संगम डिजिटलले सो गीतबजारमा ल्याएको थियो । पहिलो गीत गायक तथा संगीतकार सागर विरहीको सहयोगमा उनले बजारमा ल्याएका थिए । यही बैसाखमा आफ्नो दोश्रो प्रस्तुती मन मान्दै मान्दैन बोलको गीत उनले बजारमा ल्याएका छन् । पहिलो गीतको सफलतापछि दोश्रो गीत गाउन आफुलाई हौसला भएकोले सो गीत गाउन आफु उत्साही भएको उनले बताए ।

गायक राजु परियारको लोकगीत संगीत औधी मन पराउने गायक श्रेष्ठ २०४७ साल जेठ २८ गते नवलपरासीको बुलिङटारमा जन्मिएका हुन् । उनीअहिले अस्थायी रुपमा गैडाकोटमा बस्दै आएका छन् । आफुले पढेको त्रिभुवन उच्चमा.वि., गैडाकोटको एस.पी.एम. कलेज त्यस्तैगरी सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा पनि उनले कक्षाकोठाका कार्यक्रमदेखि विद्यालय क्याम्पसका कार्यक्रमहरुमा पनि लोकगीत गाउने गर्दथे । सानैदेखि लोकगीत गाउने शोख थियो, अब शोख पुरा भएको छ अवसर पाए लोकगीत संगीतबाटै आफु अगाडि बढ्ने इच्छा छ, उनले भने ।

साईभिजन प्रा.लि. काठमाडौंले बजारमा ल्याएको मन मान्दै मान्दैन लोक तथा दोहोरी गीत यूट्युवमा पनि हेर्न  र सुन्न सकिने श्रेष्ठले बताए । गायक श्रेष्ठलाई सो गीत गाउन शारदा खनाल र टिका पुनले स्वरमा साथ दिएका छन् । गीतसंगीतमा लाग्न परिवारबाट पनि सहयोग भएकोले आफुलाई अगाडि बढ्न सजिलो भएको उनीबताउँछन् ।

हाम्रो समाजको वास्तविकतालाई गीतसंगीतमार्फत् रचना गरी श्रोता दर्शकको बढी माया पाएको उनले बताए । श्रोता दर्शकको मायाको कारण आफुले छिट्टै नै तेश्रो प्रस्तुतीको रुपमा लोकदोहोरी गीत बजारमा ल्याउन लागेको बताए । विशेषगरी युवायुवतीलाई लक्षित गरी आउने लागेको नयाँगीतले पनि श्रोता दर्शकको मन जित्नेमा गायक श्रेष्ठ ढुक्क छन् ।

वि.सं.२०७४ असार ५ सोमवार ०९:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...