back
CTIZAN AD

कतार नेपाली एकता समाजको लेवर सिटीमा एरिया समिति गठन

वि.सं.२०७४ असार ५ सोमवार

1.1K 

shares

उद्धव मगर दोहा कतार
जुन १६ का दिन कतार नेपाली एकता समाजले सनैया ३८ लेवर सिटीमा एरिया समिति गठन गरेको छ । कतार नेपाली एकता समाजका बुद्धिजीवी विभागका सदस्य रेशम रोकको विशेष पहल र कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले विभिन्न विषयमा छलफल र प्रशिक्षण गर्दै ११ सदस्यीय एरिया समिति गठन गरेको हो ।

भेलामा एकता समाजका प्रथम उपाध्यक्ष मदन श्रीस र अन्य अतिथीहरुमा बुद्धिजीवी विभागका कोषाध्यक्ष अग्नीधर उपाध्यय र सनैया डी एरिया समितिका कोषाध्यक्ष थम्मन पुनको पनि उपस्थिती रहेको थियो । भेलामा उपस्थित सम्पुर्ण सदस्यहरुको परिचयबाट शुरु गरिएको कार्यक्रममा सहभागीहरुले कतारमा मजदुरहरुको अवस्था र कतार नेपाली एकता समाजको भूमिका लगायत नेपाली राजदुतावासको विषयमा पनि जिज्ञासा राखेका थिए । यस विषयलाई प्रमुख अध्यक्ष लुमाकान्त पुनले उपस्थित सम्पूर्ण मजदूर साथीहरुलाई स्पस्ट पार्नुभएको थियो । साथै विशेष अतिथीहरुले संगठित भएका एरिया समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

गठित लेवर सिटी एरिया समितिमा ११ सदस्यीय रहेको छ । जसमा अध्यक्ष, रेशम रोका (अर्घाखाची), उपाध्यक्ष, भक्तबहादुर पुन (बाग्लुङ्ग) सचिव, रोशन राई (झापा) कोषाध्यक्ष, उमबहादुर घर्ती (प्यूठान) सदस्यहरु :– क्रमस जितबहादुर परियार (पर्वत) मिनबहादुर परियार (पर्वत) पदन बूढा (बाग्लुङ्ग) लिला बुढा (बाग्लुङ्ग) लेखनाथ के.सी (कपिलवस्तु) गिबबहादुर थापा(गुल्मी) गोर बहादुर थापा (गुल्मी) रहेका छन् ।

वि.सं.२०७४ असार ५ सोमवार ०९:०६ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...