back
CTIZAN AD

युवायुवतीलाई लक्षित गरी गायक श्रेष्ठले ल्याए लोकगित

वि.सं.२०७४ असार ५ सोमवार

1.2K 

shares

gayak shrsestha
शिशिर सिंखडा
चितवनको हाम्रो एफ.एम. ९४ मेगाहर्जमा हरेक बुधबार बिहान १० बजे हाम्रो चौतारी र शनिबार दिउसो ४ बजे हाम्रो रोदी घर नामक लोकगीत संगीतको कार्यक्रम संचालन गर्ने राजु श्रेष्ठ रेडियोकर्मी मात्र नभई लोकगायकको रुपमा पनि परिचित छन् । विगत २ वर्षदेखि रेडियो माकार्यक्रम संचालन गर्दै आएका श्रेष्ठले हालसम्म ३ वटा लोकगीत श्रोतादर्शक माझ पस्किसकेका छन् ।

उनले तिम्रो तस्विर बोलको एकल लोकगीत २०७२ सालमा रेकर्ड गराएका थिए । संगम डिजिटलले सो गीतबजारमा ल्याएको थियो । पहिलो गीत गायक तथा संगीतकार सागर विरहीको सहयोगमा उनले बजारमा ल्याएका थिए । यही बैसाखमा आफ्नो दोश्रो प्रस्तुती मन मान्दै मान्दैन बोलको गीत उनले बजारमा ल्याएका छन् । पहिलो गीतको सफलतापछि दोश्रो गीत गाउन आफुलाई हौसला भएकोले सो गीत गाउन आफु उत्साही भएको उनले बताए ।

गायक राजु परियारको लोकगीत संगीत औधी मन पराउने गायक श्रेष्ठ २०४७ साल जेठ २८ गते नवलपरासीको बुलिङटारमा जन्मिएका हुन् । उनीअहिले अस्थायी रुपमा गैडाकोटमा बस्दै आएका छन् । आफुले पढेको त्रिभुवन उच्चमा.वि., गैडाकोटको एस.पी.एम. कलेज त्यस्तैगरी सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा पनि उनले कक्षाकोठाका कार्यक्रमदेखि विद्यालय क्याम्पसका कार्यक्रमहरुमा पनि लोकगीत गाउने गर्दथे । सानैदेखि लोकगीत गाउने शोख थियो, अब शोख पुरा भएको छ अवसर पाए लोकगीत संगीतबाटै आफु अगाडि बढ्ने इच्छा छ, उनले भने ।

साईभिजन प्रा.लि. काठमाडौंले बजारमा ल्याएको मन मान्दै मान्दैन लोक तथा दोहोरी गीत यूट्युवमा पनि हेर्न  र सुन्न सकिने श्रेष्ठले बताए । गायक श्रेष्ठलाई सो गीत गाउन शारदा खनाल र टिका पुनले स्वरमा साथ दिएका छन् । गीतसंगीतमा लाग्न परिवारबाट पनि सहयोग भएकोले आफुलाई अगाडि बढ्न सजिलो भएको उनीबताउँछन् ।

हाम्रो समाजको वास्तविकतालाई गीतसंगीतमार्फत् रचना गरी श्रोता दर्शकको बढी माया पाएको उनले बताए । श्रोता दर्शकको मायाको कारण आफुले छिट्टै नै तेश्रो प्रस्तुतीको रुपमा लोकदोहोरी गीत बजारमा ल्याउन लागेको बताए । विशेषगरी युवायुवतीलाई लक्षित गरी आउने लागेको नयाँगीतले पनि श्रोता दर्शकको मन जित्नेमा गायक श्रेष्ठ ढुक्क छन् ।

वि.सं.२०७४ असार ५ सोमवार ०९:३५ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...