back
CTIZAN AD

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

वि.सं.२०८३ साउन २४ आइतवार

138 

shares

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत ‘घरझगडा–९’ सार्वजनिक गरेका छन् । सापकोटा र अञ्जिता विश्वकर्माको स्वर रहेको गीत यज्ञ सापकोटाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा यज्ञ सापकोटा र टंक डुम्रेले शब्द लेखेका छन् भने संगीत यज्ञ सापकोटाकै रहेको छ । राजु सुनामले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका छन् । गीतको रेकर्डिङ ओजन स्टुडियोमा रमेश खड्काले गरेका हुन् ।

‘घरझगडा–९’ को भिडियोमा यज्ञ सापकोटा र सरिता सापकोटाको अभिनय रहेको छ । मदन खड्काको निर्देशनमा तयार भएको भिडियोमा टंक डुम्रे, हरि अधिकारी, विष्णु पाठक बश्याल, नामदेव बश्याल, भूपाल अभागी, सम्झना सापकोटा, रमेश अधिकारीलगायत कलाकारको समेत सहभागिता छ ।

भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन तथा कलर अमृत चापागाईंले गरेका छन् । मेकअप आर्टिस्टका रूपमा तमुना पाण्डेले काम गरेकी छन् । भिडियोको पोस्ट प्रोडक्सन कोसेली इन्टरटेनमेन्टले गरेको हो ।

तीजको सांगीतिक माहोललाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले पारिवारिक तथा सामाजिक परिवेशलाई केन्द्रमा राखेको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउन थालेको निर्माण पक्षले जनाएको छ ।

अकला देवी म्युजिकको प्रस्तुति रहेको ‘घरझगडा–९’ यज्ञ सापकोटाको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।

वि.सं.२०८३ साउन २४ आइतवार १५:१२ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...