back
CTIZAN AD

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

वि.सं.२०८३ भदौ ११ बिहीवार

21 

shares

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा तथा बैंकिङ पूर्वाधारसँगै व्यवसाय, जलविद्युत् आयोजना, सडक, पुल तथा व्यापारिक क्षेत्रमा ठूलो क्षति पुगेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले जनाएको छ।

सिबिफिनले बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सबैप्रति सम्मान व्यक्त गरेको छ।

बाढीले केरुङ नाकाबाट भित्रिएका मालवस्तु तथा सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ। प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा पर्न सक्ने सिबिफिनको भनाइ छ।

सिबिफिनले मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। प्रभावित क्षेत्रमा बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवासहित आवश्यक प्रबन्ध गरिरहेको जनाएको छ।

वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षति मूल्यांकन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण गर्ने व्यवस्था मिलाउन सिबिफिनले पहल गर्ने जनाएको छ।

व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन सदस्य बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने सिबिफिनले जनाएको छ। साथै, नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न पहल गर्ने बताएको छ।

राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै सिबिफिनले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायसँग हातेमालो गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार रहेको जनाएको छ।

सिबिफिनले प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश तथा स्थानीय सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई अपीलसमेत गरेको छ।

वि.सं.२०८३ भदौ ११ बिहीवार १५:४९ मा प्रकाशित

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...