back

बस दुर्घटनामा दुर्घटनामा १९ घाइते

वि.सं.२०७५ भदौ २६ मंगलवार

174 

shares
RBB AD
NTC AD

२६ भदौ, बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं को बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका–३ का २७ वर्षीया मनिषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय सुरेन्द्र विष्ट, मार्मा–६ का २४ वर्षीय धनबहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका–६ का ४० वर्षीय रामबहादुर खड्कालाई उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अन्य घाइतेको दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

वि.सं.२०७५ भदौ २६ मंगलवार ०८:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै...

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा...

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२...