back

ऐतिहासिक धरोहर स्थापित गर्नु महत्वपूर्ण जिम्मेवारी : मुख्यमन्त्री पोखरेल

वि.सं.२०७५ असोज १ सोमवार

843 

shares

१ असोज, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बुद्धसँग सम्बन्धित ऐतिहासिक धरोहर र गौरवलाई उत्खनन, संरक्षण र स्थापित गर्नका लागि प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताएको छ ।

उनले लुम्बिनी प्रदेश नं ५ को समृद्धिको आधार रहेको बताउँदै लुम्बिनीलाई जनताको सामाजिक जीवनसँग जोड्न सकेमात्र सम्पदालाई जीवन्त राख्न स्थानीय जनताको जीवनसँग जोडिनु आवश्यक रहेको छ ।

मुख्यमन्त्री पोखरेलले आज बुटवलमा पद्म चैत्य विहारको साधारणसभा तथा अधिवेशन र बौद्ध महिला सङ्घको रजत महोत्सव समारोहमा हरेक सम्पदालाई बचाएर राख्नु आवश्यक रहेको बताउँदै समाजसँग जोड्न नसकिए हराएर जाने भएकाले त्यसतर्फ ध्यान जानु जरुरी रहेको बताए ।

उनले पद्म चैत्य विहारको इतिहास सम्पदाको रुपमा स्थापित भएको बताउँदै बुटवल बजार स्थापित हुनु पर्व नै यो विहार स्थापना भएको हुनाले बुटवलको इतिहासको आधार नै यो विहार हो भने । बुटवल–१ मा रहेको यो चैत्य विहार १०४ वर्ष पुरानो रहको इतिहास छ ।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु डा मैत्री महास्थवीरले लुम्बिनीमा रहेका बौद्ध गुम्बाहरुले लुम्बिनीको विकासमा पर्याप्त उपलब्धि हुन नसकेको बताए । उनले बुद्ध धर्म कायम गर्न, शान्तिको चाहनाका लागि सबै एकताबद्ध हुनु आवश्यक रहेको बताए ।

उनले लुम्बिनीमा आउने धर्मावलम्बीबाट शुल्क उठाउने कार्य बन्द गर्न मागसमेत गरे । कार्यक्रममा सङ्घीय संसदका सदस्य सुजिता शाक्यले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहको र यसको विकासले नै देशलाई समृद्ध बनाउन सकिने बताए ।

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बौद्ध महिला सङ्घकी अध्यक्ष मायादेवी शाक्यलगायतले बोलेको थियो । त्यस अवसरमा बौद्ध महिला सङ्घले रजतजयन्ती अवसरमा प्रकाशित पद्मभूमि स्मारिकासमेत विमोचन गरिएको थियो ।

वि.सं.२०७५ असोज १ सोमवार ११:३८ मा प्रकाशित

Himalayan Life AD
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन्...

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

मङ्गलबारे (इलाम) । यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन्...

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट...

ठगीको अभियोगमा चार जना पक्राउ

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न...

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...