back
CTIZAN AD

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

वि.सं.२०८२ माघ ४ आइतवार

3.9K 

shares

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११ जनवरी २०२६ का दिन पोर्चुगल शाखा गठन भएको छ ।

‘‘हाम्रो धर्ती, हाम्रो आकाश, हाम्रै परिवेश – श्रम गरौं, सबै मिली, बनाऔं यो देश’ भन्ने मूल नाराका साथ अघि बढेको श्रम संस्कृति पार्टीको लिस्बनमा सम्पन्न एक विशेष भेलाले पोर्चुगल शाखाको विधिवत गठन गरेको हो । राजधानी लिस्बनको आरोइसस्थित मण्डला रेस्टुरेन्टमा आयोजित उक्त भेलामा पोर्चुगलमा रहेका नेपालीहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो ।

उक्त भेलाले विकास आलेको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा सुधा गुरुङ, सुरज भण्डारी र पेम्बा शेर्पा सर्वसम्मत निर्वाचित भएका भएका छ्न भने सचिवमा कृष्ण राई तथा सह–सचिवमा रुक्मा मगर र कोषाध्यक्षमा सविन वानिया चयन भएका छन् । प्रवक्तामा रूपमा सिदाह गर्बुजा चयन गरिएका छन् ।

सदस्यमा सुनिल तिम्सिना, बलराम राई, सुजत राई, प्रकास गोले, परशुराम (मिम) गुरुङ, डोमबहादुर पुन, अनिल चौधरी, जनिता राई, सारथा राई, लोकेन्द्र श्रेष्ठ, आधि सोताङ्ग राई, सिताराम खड‌का, सरु राई, बिष्णु पन्डित, नगीन तुम्सा, आसिस राई, प्रेम कुमार राई, उदास तामाङ, जेवल राई, नबिन पुन, फुर्बा तामाङ्, देवराज तामाछु, राजु लामा, लाल छुत्याल सान्दार्जि, सुख्खाज राक्षामा तामाङ, रामचन्द्र राई, सन्देश राई, रमेश गुरुङ मनिस ला, विकी राई, सन्तोष राई र रामकृष्ण थापा सर्वसम्मत चयन भएका छन् । त्यस्तै संरक्षक १ जना र सल्लाहकार २ जना रहेको पनि अध्यक्ष आलेले जानकारी दिए ।

नवगठित कार्यसमितिका अध्यक्ष आलेले पोर्चुगलमा रहेका नेपाली श्रमिकहरूको हकहितमा आवाज उठाउँदै नेपालमा श्रम संस्कृतिको विकासमा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  प्रवासमा रहेर पनि आफ्नो देशको विकास र श्रमको सम्मानका लागि एकजुट हुन पाउँदा उपस्थित सहभागीहरूले खुशी व्यक्त गरेका थिए ।

वि.सं.२०८२ माघ ४ आइतवार ०९:०० मा प्रकाशित

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...