back
CTIZAN AD

नेपाल लाइफ समृद्धि लगानी योजना’ को बिक्री खुला

वि.सं.२०८२ माघ ४ आइतवार

837 

shares

काठमाडौं  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रवर्द्धन तथा नेपाल लाइफ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषको बिक्री खुला गरिएको छ।

उक्त योजना अन्तर्गत २०८२ साल माघ २ गतेदेखि फागुन १६ गतेसम्म इकाइहरू बिक्रीमा रहनेछन्। योजना बन्दोबस्त मिति २०८२ वैशाख ७ गते तोकिएको छ। प्रति इकाइ १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइ निष्कासन गरिएको छ।

निष्कासित कुल इकाइमध्ये १५ प्रतिशत अर्थात् २ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि छुट्याइएको छ। बाँकी १४ करोड ४४ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड ६० लाख इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो, जसको अवधि १० वर्ष रहनेछ।

इकाइ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

योजना निष्कासनका लागि इक्रा नेपाल लिमिटेडले कोष प्रवर्द्धकलाई [ICRANP-IR] AA- तथा योजना व्यवस्थापकलाई [ICRANP] AMC Quality 3 (AMC3) रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च सुरक्षाको संकेत गर्दछ।

 

वि.सं.२०८२ माघ ४ आइतवार १३:५८ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...