back
CTIZAN AD

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

वि.सं.२०८२ माघ १ बिहीवार

4.3K 

shares

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह गरेका छन् । पर्वतको पैयुँमा सम्पन्न ऐतिहासिक हातेमालो कार्यक्रमको स्मरण गर्दै परिवर्तनपश्चात स्थापना भएको पालिकालाई इतिहासको मर्यादा गर्न आग्रह गरिएको हो ।

‘हातेमालोको २५ बर्ष’ नामक एक स्मरण कार्यक्रममा सहभागिहरुले इतिहासप्रति अनदेखा गरेर सभ्यता विकास नहुने भन्दै पालिकाको नेतृत्व, जनप्रतिनिधि टिम, राजनैतिक दल, शैक्षिक तथा प्राज्ञिक समुदायलाई आग्रह गरेका हुन् ।

पर्वतको पैयूक्षेत्र (पैयु, बिहादी र महाशिलाका केहि भाग) बाट काठमाण्डौमा रहेका पर्वतेलीहरुको पहल र स्थानीयवासीको सहभागितामा २०५७ पौष २३ देखि २७ सम्म सम्पन्न बृहद् हातेमालो कार्यक्रममा सहभागि भएका उपलब्ध अभियन्ताहरुकै उपस्थितिमा सो स्मरण कार्यक्रम आयोजना गरिएको थियो ।

अधिवक्ता एक नारायण काफलेको अध्यक्षता, अभियन्ता मित्र बहादुर रानाको संचालन र तत्कालीन सांस्कृतिक संयोजक नारायण काफलेको स्वागत मंतब्यबाट शुरु गरिएको सो कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । वालिङ–हुवास मोटरबाटो निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सघाउ पु¥याउने सबैलाई स्मरण गरिएको थियो ।

कार्यक्रममा हातेमालो अभियानका परिकल्पनाकार तथा कार्यक्रमका संयोजक नीलकण्ठ तिवारीले आफु सहित कृष्ण गौतम, शोभाकान्त रिजाल, नारायण तिवारी र मनबहादुर विश्वकर्माको चरणबद्ध बैठक पछि हातेमालो अभियानका लागी कार्यालय नै स्थापना गरी पैयुँबाट काठमाण्डौ रहेका सबै बिचार र पेशाका पैयुवासीहरुको ऐक्यबद्धता जुटाएको बताएका थिए । अभियानका लागि विभिन्न उपसमिति बनाईएको, पैयु तथा पर्वतका जनप्रतिनिधि र राजनैतिक दलहरुसंग पटक पटक बैठक, संवाद र अन्तरक्रिया गरी एक ठाउमा ल्याएको बिषय स्मरण गराएका थिए । ३ दिनमा नसकिएपछि ४ दिनसम्म गरिएको सो कार्यक्रममा १७६२३ ( २२ वटा रजिस्टरबाट उतारीएको संख्या) जनाले भाग लिएको भन्दै तिवारीले श्रमसंस्कृतिको ईतिहासमा देशमा नै गौरवको काम हुन सकेको बताएका थिए । मोवाईल तथा समाजिक संजालको नहुदा पनि काठमाण्डौमा रहेका पैयुखोले ( हालको पैयु ,बिहादी र महाशिलाको केहि भागका) हरुले २ वटा बसमा ८४ जना स्वयमसेवीहरु गएर गाउ गाउँ जागरण चलाएपछि मात्र जनताको बिशाल ऐक्यबद्धता जुटेको स्मरण गराएका थिए ।

सो कार्यक्रमका अभियन्ता क्या देउ बहादुर रानाले ईतिहासको मर्यादा गर्ने कामबाटै सभ्यता बलियो हुने भन्दै दलहरुमा आएको बेथिति सुधार्न नया प्रकारको हातेमालो चाहिने धारणा राखेका थिए । हातेमालो स्मरण कार्यक्रमका अतिथि उदयराज गौतमले श्रम संस्कृतिको हिसावले, जनचेतनाको हिसावले, मिलेर काम गर्नुपर्छ भन्ने हिसावले र जनएकताका हिसावले पनि हातेमालो अभियान अविस्मरणिय भएकोले नया पुस्तालाई सहि बिषय संप्रेषण गर्न हातेमालो अभियान र हातेमालो चोकका बारेमा सामाजिक शिक्षामा पाठयक्रम राख्न जरुरी भएको बताएका थिए । कार्यक्रमका अर्का सहभागि डा. छायादक्त न्यौपानेले पालिका सरकार र शैक्षिक समुदायसंग मिलेर यसलाई जीवन्त बनाउन आफुहरु तत्पर रहेको बताएका थिए । कार्यक्रममा उपस्थित पर्वत बिकास समाजका अध्यक्ष चोक नारायण काफलेले हाईस्कुलको बिध्यार्थि हुँदा सहभागि भएको स्मरण गर्दै यसलाई बिशिष्ट इतिहासको रुपमा लिनुपर्ने धारणा राखे ।

कार्यक्रमका अध्यक्ष एक नारायण काफलेले खाना, खाजा टोपि, बस, अन्य सामाग्री सहयोग गर्नेहरुप्रति आभार ब्यक्त गरेका थिए भने संचालक मित्र रानाले अभियानमा सहभागि स्व. मनबहादुर बिश्वकर्मा, कृष्ण गौतम, याम गुरुङ, जयबल्लव भुसाल, घनश्याम न्यौपाने लगायत दिवंगत आत्माहरुको सम्मान गरेका थिए । कार्यक्रममा तत्कालीन सांस्कृतिक संयोजक नारायण काफलेले सांस्कृतिक कार्यक्रमका गीतको स्मरण गराउँदै स्वागत मंतब्य राखेका थिए भने दीपक तिवारी, ओम प्रकाश बस्याल, घनलाल काफले, जीवन न्यौपाने, लोक प्रसाद अर्याल लगायतले हातेमालो अभियानको योगदानका बारेमा धारणा राखेका थिए । कार्यक्रममा बाबुराम काफले, नेत्र न्यौपाने, राजकुमार बस्याल, मिना शर्मा, नविन काफले, नवराज काफले, बिन्दु बस्याल, यामबहादुर बस्याल, महेन्द्र राना, बेग बहादुर राना, शान्ता कापले, नेत्र भटाराई, काशिराम बस्याल, तुलसीराम काफले, रश्मि शर्मा, नन्दलाल तिवारी, भुवन आचार्य, भुपराज भुसाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा यामकला काफलेको संस्मरण गीतले सबैलाई स्तब्ध बनाएको थियो ।

कार्यक्रममा वालिंग हुवास मोटरबाटो सरोकार केन्द्रको स्थलगत अध्ययन टीमका कृष्ण तिवारी, शोभाकान्त रीजाल र जयवल्लभ भुसाल तथा मुकाम प्रतिनिधि संजय आचार्य र टेकलाल काफ्ले, साँस्कृतिक समुहका नारायण काफले, संजय आचार्य, यामकला काफले, हिमाल भटराई, निद्रा क्षेत्री, देवि तिवारी लगायत प्रचार प्रसारका नुमाखर भुर्तेल, थानेश्वर काफले, पर्शुराम भुर्तेल लगायत स्वयमसेवक तर्फका पुन्य आचार्य, युवराज सेन, ओपी सेन, किसान रीजाल, रेशम रिजाल लगायत शैक्षिक समुदायबाट सबै विद्ययालयका प्रअ तथा शिक्षक मित्रहरु, १२ वटा युवा क्लव, १० वटा आमा समुह, तत्कालिन विभिन्न गाबिसका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको सहभागिता स्मरण गरिएको थियो ।

सो कार्यक्रममा गुल्मीको अर्वेनीदेखी स्याङ्जाको आग्रीखर्क सम्मका ९५ बर्षका बृद्धदेखी ११ बर्षका बच्चाहरु तथा सबै राजनैतिक दल र नेताहरुको सहभागिता ऐतिहासीक रहेको थियो । कार्यक्रमको समुद्घाटन पनि उतिबेलै ७५ नाघेका ८ जना बृद्ध नागरिकहरुबाट संयुक्त रुपमा गराईएको थियो । २०५७ पौष २६ गते पौने ४ बजे हातेमालो अभियान संयोजक निलकण्ठ तिवारीले मर्दिखोलाको तत्कालीन पुलामी भटटी नजिक हातेमालो चोक घोषणा गरेका थिए ।

वि.सं.२०८२ माघ १ बिहीवार ०८:४१ मा प्रकाशित

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु...

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...