back
CTIZAN AD

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

वि.सं.२०८३ भदौ १० बुधवार

15 

shares

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका विभिन्न बजार तथा नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। बाढीका कारण जलविद्युत् आयोजनामा समेत क्षति पुगेको जनाइएको छ।

स्थानीयका अनुसार केही समय आएको बाढीले स्याफ्रुबेसीलगायतका बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले हाइड्रोपावरका संरचनासमेत बगाएको र चिलिमेलगायतका अन्य जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढीको प्रकृति हेर्दा कुनै ड्याम फुटेर आएजस्तो देखिएको छ। यद्यपि बाढी कहाँबाट र कसरी आएको हो भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।

बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै त्रिशूली नदी आसपासका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको प्रभाव नुवाकोट र धादिङको त्रिशूली आसपासका क्षेत्रमा समेत पर्न सक्ने भन्दै धादिङ प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ भने सो क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको खबरले आफू अत्यन्त दुःखी र चिन्तित भएको बताएका छन्।

उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अपिल गरेका छन्।

विपद्को अवस्थामा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगमा जुट्न आग्रह गरेका छन्।

उनले नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न र स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका छन्।

शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवा हुँदै त्रिशूली नदीमा उर्लिएको भीषण बाढीका कारण नदी आसपासका बस्तीमा उच्च जोखिम बढेको भन्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

रसुवादेखि नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी किनारका क्षेत्रमा असर पुग्न सक्ने भन्दै उनले समयमै सुरक्षित रहन र राज्यका सम्पूर्ण सुरक्षा निकायलाई द्रुत उद्धारमा परिचालन गर्न आग्रह गरेका छन्।

साथै, नेपाली कांग्रेससहित सम्पूर्ण राजनीतिक दल, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी उद्धारमा खटिन उनले अनुरोध गरेका छन्।

गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण अवस्था गम्भीर र चिन्ताजनक बनेको बताएका छन्।

उनले भोटेकोसी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दै सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन अनुरोध गरेका छन्।

विपद् व्यवस्थापनमा सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने बताउँदै थापाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका कांग्रेस नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा राख्न तथा उद्धार र राहतमा तत्काल जुट्न अपिल गरेका छन्।

डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चीनसँगको सीमाना क्षेत्र रसुवादेखि त्रिशूली नदी किनार हुँदै मुग्लिनसम्म ठूलो विनाशकारी बाढी आइरहेको भन्दै सबैलाई सतर्क र सुरक्षित रहन विशेष आग्रह गरेका छन्।

रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

उनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।

साथै, विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन्।

अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाउन आग्रह गर्दै लामिछानेले गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने बताएका छन्।

उनले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

विपद्को यस घडीमा सबैको प्राथमिकता नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग हुनुपर्ने नेताहरूको जोड छ।

 

वि.सं.२०८३ भदौ १० बुधवार १२:०० मा प्रकाशित

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...