back

खशोग्गीलाई मार्न साउदी युवराजको निर्देशन सीआईए

वि.सं.२०७५ मंसिर २ आइतवार

120 

shares
RBB AD
NTC AD

२ मङ्सिर ,वासिङ्ट । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन् ।

साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहो¥याउँदै आएको छ ।

अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको अनुसन्धानका क्रममा उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पु¥याएको थियो ।

खशोग्जीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआईएको मूल्यांकन आंशिक रूपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ । खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुनुहुन्छ । आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महाबाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ ।

यसैबीच साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खशोग्जीसँग सम्पर्कमा नरहेको भनी पछिल्लो ट्वीटर सन्देश जारी गर्नुभएको छ । ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् तर स्रोतहरूका अनुसार केन्द्रिय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले गत हप्ता खसोग्गीको हत्यामा सम्लग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीहरूलाई सजाय दिइसकेको छ । उक्त प्रकरणपछि अमेरिकी सांसदहरूले साउदी अरबलाई वासिङ्टनले बेच्दै आएको हतियारमा कटौति गर्न सुझाब दिएका छन् । उनीहरूले साउदी अरबलाई दोषी ठहर गर्दै उ विरुद्ध अहिलेकोभन्दा कडा उपाय अबलम्बन गर्न सुझाब दिएका छन् ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शनिबार खशोग्जीका हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाउनुभएको छ । पपुवा न्यू गिनीमा भएको एउटा सम्मेलनपछि बोल्दै उहाँले खशोग्जीको हत्याका जिम्मेवार सबैलाई जवाफदेही बनाउन अमेरिका प्रतिबद्ध रहेको बताए ।

साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनको शव अझै फेला परेको छैन । टर्कीले उक्त हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ । वासिङ्टन पोष्ट पत्रिकामा मासिक रूपमा स्तम्भ लेख्ने पत्रकार खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महाबाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ता भएका थिए । उनको अन्तिम संस्कार साउदी अरेबिया र टर्कीमा शुक्रवार गरिएको थियो । टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको थियो ।

सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५०० जना सहभागी थिए । विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जीदमा भेला भएका थिए । उनीहरूले पत्रकार खशोग्गीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

वि.सं.२०७५ मंसिर २ आइतवार ०९:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ...

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा...