back

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार

1.3K 

shares
IME Limited
NTC AD

काठमाडौँ । नेपाल टेलिकमले वैशाख २० गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर सहित मनाउन लागेको छ । ‘समृद्ध नेपालको आधार, सूचनाप्रविधि र सञ्चार’ भन्ने मूलनारा सहित टेलिकमले यो दिवस मनाउन लागेको हो ।

टेलिकमले यहि वैशाख १९ गतेदेखि आईसिटी डे अफर उपलब्ध गराउने भएको छ । यो अफर नेपाल टेलिकमको ग्राहकका लागि मात्र रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यो अफर वैशाख १९ गतेदेखि २१ गतेसम्मको लागि मात्र लागु हुनेछ ।

यस अन्तर्गत रु. ४९ मा १ दिनचलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्रकलगर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनचलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा७दिनचलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२दिनचलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनचलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्धहुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याकपनिलिन सकिने छ । प्रिपेड मोबाइलप्रयोगकर्ताकालागि २८ दिन र पोस्टपेड मोबाइलप्रयोगकर्ताकालागि ३० दिनसम्मचलाउन सकिने समयावधितोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमाकलगर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधायसमाउपलब्ध हुन्छ । पोस्टपेड मोबाइलप्रयोगकर्ताले यो प्याकेज लिएमामासिक रुपमाबुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधाउपलब्ध छ ।

आगामी बैशाख १९ देखि २१ गतेसम्मआफ्नो मोबाइलबाट ८१४१५८११३डायल गरी वा ‘नेपाल टेलिकमएप’ प्रयोग गरी यी प्याकेजहरु खरिदगर्न सकिने टेलिकमले जनाएको छ ।

 

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:३२ मा प्रकाशित

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा परिमार्जन गर्न माग

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा परिमार्जन गर्न माग

काठमाडौं । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई...