back
CTIZAN AD

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

वि.सं.२०८३ वैशाख ११ शुक्रवार

465 

shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान तथा शुभकामना व्यक्त गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित रुकेश रञ्जित तथा समानुपातिकतर्फकी सांसद प्रमिला कुलुजु लाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कुलुजुले सिटिजन लाइफसँगको यात्राले नेतृत्व विकास र टिम निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले यही अनुभवले आफूलाई वर्तमान उपलब्धिसम्म पुग्न सहयोग गरेको उल्लेख गरिन् ।

त्यस्तै सांसद रञ्जितले बीमा क्षेत्रका चुनौती तथा कर प्रणालीसम्बन्धी विषय संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए । उनले बीमा क्षेत्रको सुदृढीकरण र जनविश्वास अभिवृद्धिका लागि आवश्यक पहल गर्ने बताए ।

कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले अभिकर्ता नीति निर्माण तहसम्म पुग्नु कम्पनीको सशक्त मानव संसाधन विकासको उदाहरण भएको बताए । प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नव–निर्वाचित सांसदहरूको योगदानले बीमा क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कम्पनीले आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक योगदानलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १६:०८ मा प्रकाशित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, यी सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

वर्षाले विभिन्न राजमार्ग प्रभावित, यी सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग...

आजको मौसम विवरण : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम...

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने सरकारको तयारी

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने सरकारको तयारी

काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई...

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...