back
CTIZAN AD

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार

540 

shares

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

दैनिक प्रयोगलाई लक्षित गरी ल्याइएको यो स्मार्टफोनमा टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्रीको संयोजन रहेको कम्पनीले जनाएको छ । भित्री तथा बाहिरी दुवै वातावरणमा प्रयोग गर्न मिल्ने सुविधासहित यो फोन विभिन्न प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।

यस स्मार्टफोनमा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ । आइस ब्लु र प्लम पर्पल गरी दुई रंगमा उपलब्ध रहेको फोनमा ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्ले दिइएको छ, जसमा १२० हर्ज रिफ्रेस रेट रहेको छ ।

टिकाउपनका लागि आईपी६४ स्तरको धुलो तथा पानी प्रतिरोध क्षमता दिइएको छ । ‘स्प्ल्यास टच’ र ‘ग्लोभ टच’ सुविधाका कारण भिजेको हात वा पञ्जा लगाएर पनि सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोनमा स्न्यापड्रागन ६८५ प्रोसेसर प्रयोग गरिएको छ, जसले दैनिक प्रयोगका लागि सहज प्रदर्शन दिने बताइएको छ । यसमा यूएफएस २.२ स्टोरेज र कलरओएस १५ अपरेटिङ सिस्टम रहेको छ ।

६५०० एमएएच क्षमताको ब्याट्रीसहित आएको यस फोनमा १५ वाट चार्जिङ र रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।

नेपालमा ओप्पो ए६एक्स को मूल्य ३२ हजार ४९९ रुपैयाँ तोकिएको छ । सार्वजनिक अफरअन्तर्गत ग्राहकहरूले खरिद गरेको एक महिनाभित्र दुई महिनासम्म मान्य हुने साट्ने सुविधा पाउनेछन्, जुन असार १०, २०८३ सम्म लागू हुने कम्पनीले जनाएको छ । साथै पहिलो ३०० जना ग्राहकलाई विशेष ओप्पो फोन स्ट्यान्ड उपहारस्वरूप प्रदान गरिनेछ ।

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १६:१३ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...