back
CTIZAN AD

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने सरकारको तयारी

वि.सं.२०८३ साउन ३ आइतवार

252 

shares

काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।

देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताए ।

“जोखिमको अवस्थालाई मध्यनजर गर्दै पहिरो जाने सम्भावना भएका जिल्लामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका थियौँ”, निमित्त कार्यकारी प्रमुख कोइरालाले भने “आज पनि मौसम र सडकको वास्तविक अवस्था मूल्याङ्कन गरेरमात्रै सवारी सञ्चालन खुला गरिनेछ ।”

निमित्त कार्यकारी प्रमुख कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ । जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ ।

प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक सूचना पछ्याएरमात्रै यात्रा गर्न, जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

वि.सं.२०८३ साउन ३ आइतवार ०६:३६ मा प्रकाशित

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...