back
CTIZAN AD

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

वि.सं.२०८३ साउन २ शनिवार

288 

shares

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य अन्त्य भएसँगै त्यसको प्रत्यक्ष प्रभाव बागमती प्रदेश सरकारमा पनि परेको छ। नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। यससँगै एमालेका तर्फबाट सरकारमा सहभागी ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने प्रक्रिया अघि बढाएका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्देशनपछि मन्त्रीहरूले पदबाट बाहिरिने निर्णय गरेका हुन्। अधिकांश मन्त्री हेटौंडाबाहिर रहेकाले उनीहरूको राजीनामा इमेलमार्फत बुझाइने तयारी गरिएको जनाइएको छ।

सरकारबाट बाहिरिने मन्त्रीहरूमा स्वास्थ्य मन्त्री किरण थापा, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

यसअघि नै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारका मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेका थिए। मन्त्रालय पुनर्संरचनापछि केही एमाले मन्त्रीलाई विनाविभागीय जिम्मेवारी दिइएको थियो। त्यसको केही समयमा नै केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको हो।

एमालेको बहिर्गमनसँगै बागमती प्रदेश सरकारको अंकगणित फेरिने भएको छ। अब मुख्यमन्त्री बानियाँले नयाँ सत्ता समीकरण बनाउने, विश्वासको मत लिने वा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने विषय आगामी राजनीतिक छलफल र निर्णयमा निर्भर रहने देखिएको छ।

प्रदेश सरकारमा देखिएको यो परिवर्तनलाई केन्द्रमा बदलिएको सत्ता समीकरणको पहिलो ठूलो प्रभावका रूपमा हेरिएको छ।

वि.सं.२०८३ साउन २ शनिवार १४:२९ मा प्रकाशित

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...